-ऋषि तिवारी
आज मेरी उनीको जन्मदिन । उनको अनुहारमा कुनै खुशीको क्षण छैन । जसरी हिजो समयहरु ब्यतित थिए, आज पनि उसैगरी समय ब्यतित छ उनको सदा झैं यसैगरी ।
उही त हो दिनचार्या उनको विहान उज्यालो हुँदै घरको ढोकाको आग्लो खोल्नु । ढोका खोल्दै एक हातले झाँडु लगाउँदै आँगनसम्म बढार कुडार गर्नु । यसरी ब्यतित छिन मेरी जीवन संगीनी । आज उनको जन्मदिन तर पनि केही माग्दिनन म संग ।
म भन्छु उनलाई, "आज तिम्रो जन्मदिन के माग्छौ माग ।" उनी केही पनि माग्दिनन् । उनी माग्दिनन केही पनि त्यो मलाई पनि थाहा छ । उनलाई केही कुरो लगेर दिए सहर्ष स्विकार छिन तर माग्दिनन् । यो स्वभावले म उनीप्रति मरिमेट्थें आफैं ।
उनलाई अब के दिऊँ ? के किनेर दिऊँ ? आफैं प्रश्नहरुले घेर्यो मलाई । उनी मेरी जीवन संगीनी केही त दिनै पर्छ । आज उनको यो जन्मदिन भन्दै आफ्नो पर्स हेरे वरिपरि पैसा खोजे गोजीमा हात हाली हाली खोजें । अँह सबैतिर रित्तिएका थिए गोजीहरु अनि पर्स पनि रित्तो । पर्समा थियो त एउटा ड्राइभिङ लाइसेन्स र गाडीको बिल बुक । थचक्कै बसें । मेरि उनी छेउमैं आइन् चिटिक्कै परेर आइन् । अब मसंग दिने केही थिएन साथमा ।
"आज म कस्तो देखिएको छु ?" उनी प्रश्न गर्छिन मलाई । म भन्छु उनलाई, " चिटिक्क परेर राम्री देखिएकी छौं । तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ ।"
उनले मेरो खुट्टो ढोगिन । मलाई भनिन, "मेरो हरेक जन्मले म तपाईंकै जीवनसाथी भएर रहन पाऊँ ।" उनको यो वचनले आँखा रसाएँ । उनलाई गर्ल्यामै अङ्गालो मारेर भने - "तिम्रो यस जन्मदिनको पावन अवसरले तिमीलाई मेरो बचेको उमेर पनि तिम्रो आयुमा बढोस यही छ शुभकामना प्यारी ।"
विराटनगर -६ ममता-मार्ग ।