-सुजाता डाँगी क्षेत्री "राजकुमारी"
जब अघि बढ्न हतार गर्छ्न यी पाइलाहरू
बिडम्बना तगारो बनेर आउछन आफ्नाहरू
जाबो सिरानिले कसरी धानोस आंसुको भार
मुहान बनेर रसाई रहन्छन यी मेरा आँखाहरू
उस्ले के दिएको थियो र याद गर्न पर्ने मलाई
बरू मैले सुम्पेको हुँ सबै इच्छा आकाङ्क्षाहरू
ए !मुर्ख त्यो जून हो कुनै फूल होइन यती बुझ
अब उड्न छोड सगर तिर भ्रम पालेर भमराहरू
उसले पहिलो पटक देख्दा भनेको शब्द यहि हो,
अरे यार अचेल भुईमा उदाउन थालेछन ताराहरू ।