-भूपाल अधिकारी
छ हाम्रो मुलुक आज आक्रान्त जस्तो
सबै दुःख पीडाको सीमान्त जस्तो
सयौँ पल्ट लेखेर घोकेर सबले
सधैँ बन्छ कागजको सिद्धान्त जस्तो
बदनभित्र पीडाको सागर अटाई
म बन्दै छु शवझैँ सदा शान्त जस्तो
न उपदेश जस्तो न दन्ते कहानी
कहाँ जिन्दगी हुन्छ दृष्टान्त जस्तो
प्रलयको हुरीले उडेको धुलोझैँ
म बटुवा हुँ यात्री हुँ दिग्भ्रान्त जस्तो