विराटनगरका उद्योगी भन्छन्–मौद्रिक नीति बैंक तथा वित्तीय क्षेत्रलाई मात्रै

<span class='c1'>विराटनगरका उद्योगी भन्छन्–मौद्रिक नीति बैंक</span> <span class='c2'>तथा वित्तीय क्षेत्रलाई मात्रै</span>

विराटनगर । चालु आर्थिक बर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बैंक तथा वित्तीय क्षेत्रलाई राहत दिएको उद्योगीहरुले बताएका छन् । उनीहरुऔद्योगिक तथा व्यवसायिक क्षेत्रलाई यसले चलायमान बनाउन सहयोग नगरेको बताएका हुन् ।
उद्योग संगठन मोरङले मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी व्यवसायी, वैंकर्स र चार्टर्ड एकाउन्टेन्टहरुसँग आयोजना गरेको सामुहिक परिसंवादमा मौद्रिक नीति बैंक तथा वित्तीय संस्थाका लागि मात्रै लाभदायक भएको आरोप लगाएका छन् ।

संगठनका अध्यक्ष राकेश सुरानाले मौद्रिक नीतिबाट अर्थतन्त्र सुधारको अपेक्षा लिन नसकिने बताए । उनले ठुला उत्पादनमूलक उद्योगहरुका समस्या सम्बोधन हुन नसकेको र उधारो कारोबार नियमनका विषयमा पनि मौन रहेको गुनासो गरे । वर्तमान समयमा वैंकहरुमा पर्याप्त तरलता भएपनि कर्जा प्रवाहमा शितिलता हटाउन नसकेको बताएका छन् ।
उनले मौद्रिक नीतिले कर्जा समायोजनका लागि चालु आवको साउन १ गतेदेखि लागुहुने समयवधि थप गर्ने, लघु, घरेलु, साना तथा मझौला उद्योगका लागि तोकिएको एक करोडको सीमालाई पुनरावलोकन गर्ने, निर्माण व्यवसायीहरुको हकमा गरिएको व्यवस्था, शेयर धितोमा प्रवाह गर्ने कर्जामा विद्यमान २० करोडको सीमा खारेज गर्ने व्यवस्थाले अर्थतन्त्रलाई केहीहदसम्म चलायमान बनाउने बताए ।

वैंक तथा विक्तीय संस्थाको निस्त्रिय सम्पति तथा गैर वैंकिङ व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने, ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६।५ प्रतिशत र नीतिगत दर ५।५ प्रतिशतबाट ५।० प्रतिशत कायम गर्ने, लघुवित्त वित्तीय संस्थाको सेवा सम्बन्धमा रहेका गुनासाको सम्बोधन गर्दै ग्राहकको हित संरक्षण गर्न नियामकीय व्यवस्था गर्ने बिषय भने सकारात्मक रहेको बताए ।

मौद्रिक नीतिको ८३ नम्बर बुँदामा चेक अनादरलाई आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबार बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने विद्यमान कर्जा सूचना तथा कालो सूची सम्वन्धी निर्देशनमा पुनरावलोन गरिने विषयले कारोवारमा थप बिचलन ल्याउने आशंका व्यक्त गरेका छन् ।
मौद्रित नीतिले बैंक तथा निर्माण व्यवसायहरुलाई सहज वातावरण बनाएको भए पनि उत्पादनमूलक उद्योगहरुका लागि भने थप व्यवस्था जरुरी भएको उद्योगी व्यवसायीहरुले बताए । त्यसका लागि आगामी दिनमा राष्ट्र वैंकले जारी गर्ने सर्कुलर र निर्देशिकामा उद्योगी व्यवसायीका मुद्दाहरुलाई समेट्न आग्रह गरे ।

नेपाल बैंकर्स एशोसिएसन कोशी प्रदेशका अध्यक्ष एवं एनएमबी बैंक लिमिटेडका कोशी प्रदेश प्रमुख सन्तोष बुढाथोकीले निर्माण क्षेत्र, शेयर बजारलाई मौद्रिक नीतिले चलायमान बनाउने धारणा राखे । अर्थतन्त्रको धेरै क्षेत्र मन्दीबाट प्रभावित भएको अवस्थामा ऋणको माग बढाउने गरी राष्ट्र बैंकबाट सर्कुलर आउनेमा आफुहरु अझ आशावादी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्