-द्वारिका नेउपाने
मैले तिम्रो शहर छोडेको होइन
तिमिले छोड्न बाध्य बनायौ
मैले बाटो मोडेको होइन
तिमिले मोड्न बाध्य बनायोउ
म तिम्रो सहरको आगन्तुक होइन
तिमिले आगन्तुक बनायोउ
म तिम्रो सहरको बटुवा होइन
तिमिले दोबाटोमा हिड्ने सस्तो बनायोउ
म तिम्रो नजर को आगो होइन
तिमिले अग्नि बनायोउ
म तिम्रो मुहार को दाग होइन
तिमिले अबिरल नबग्ने बनायोउ
म तिम्रो कपि को मसि भइन
तिमिले नलेख्ने बनायोउ
म तिम्रो दृश्य को अध्यारो होइन
तिमिले नदेख्ने बनायोउ
म तिम्रो परिचय को बाधक होइन
तिमिले आफ्नै परिचय मेटायोउ
म तिम्रो यात्रा को यात्रु भइन
तिमिले आफ्नै यात्रा टुङ्यायोउ
म केवल कलम को मसि होइन
तिमिले मसि सम्झी पोख्यायोउ
म त एक यात्रा को यात्री मात्रै होइन
तिमिले त आफ्नै दुनो मात्र सोझ्यायोउ
म बर्खा को पानी मात्र होइन
तिमिले तिर्खा मेटि रित्तो बनायोउ
म आबिरल बगिरहने नदि मात्र होइन
तिमिले त आफैलाइ सस्तो बनायोउ
म हुरि बतास अनि बितन्डा मात्र होइन
तिमिले परिभाषा उल्टो बनायोउ
म गर्मि को सितल जल पनि हु
तिमिले सबै सामु झुटो बनायोउ
म पोल माथि निभेको बत्ती होइन
उज्यालो नदेख्ने कस्तो बनायोउ
त्यो उज्यालो भित्र को प्रकाश पनि हु
तर तिम्रो चक्षुले नदेख्ने येस्तो बनायोउ
म तिम्रो सहर को आगन्तुक होइन
म तिम्रो नजरको कसिङार पनि होइन
म बलेको बत्ती अनि सितल जल पनि हु
म बेसाहारा को साहारा अनि मल पनि हु
मलाइ कम्तीमा तिम्रो शहरको आगन्तुक नसम्झ............
तीन टोलिया,शान्ती चोक विराटनगर १०