बङ्गलादेशबाट महिला टी–२० विश्वकप सर्ने सम्भावना

<span class='c1'>बङ्गलादेशबाट महिला टी–२०</span> <span class='c2'>विश्वकप सर्ने सम्भावना</span>

काठमाडौँ । बङ्गलादेशको पछिल्लो राजनितिक घटनाक्रमका कारण आगामी अक्टोबर ३ देखि २० तारिखसम्मका लागि तय भएको आइसिसी महिला टी–२० विश्वकप सर्ने सम्भावना बढेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बङ्गलादेशको राजनितिक अवस्थाले विश्वकप आयोजना गर्न सम्भव नभए अन्य देशमा लौजाने विकल्प रहेको जनाएको छ । आइसिसीले भारत, श्रीलङ्क र संयुक्त अरब इमिरेट्स (युएई) लाई विश्वकप आयोजनाको वैकल्पिक देशको रुपमा समेत लिएको छ ।

महिला टी–२० विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । बङ्गलादेशमा गत एक महिनादेखि सरकारविरोधी आन्दोलन चलिरहेको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुभएको थियो ।

हसिनाले देश छाडेसँगै बङ्गलादेशका सैनिक प्रमुख वाकर–उज–जमानले अन्तरिम सरकार गठन गर्ने तयारी सुरु गर्नुभएको छ । बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व लिन नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसलाई प्रस्ताव गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्