आदिवासी जनजातीको संस्कार र परम्परालाई संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

<span class='c1'>आदिवासी जनजातीको संस्कार र परम्परालाई संरक्षण गर्न</span> <span class='c2'>प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

३०औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले आदिवासी जनजातीहरूको पहिचानलाई थप परिस्कृत बनाउन आफू लागिपरेको समेत बताउनुभयो । सो अवसरमा स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘प्रथम सहिद लखन थापादेखि अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान स्मरणीय छ ।’

दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण तथा अधिकार प्राप्तिको अभियानमा निरन्तर सफलता मिल्ने विश्वास लिएको मुख्यमन्त्री कार्कीद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ । कोशी प्रदेश आदिवासी जनजातिहरूको ठूलो जनसंख्या भएको प्रदेश भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले आदिवासी जनजातिहरूको विभिन्न भाषा, संस्कृति, परम्परा र संस्कारले कोशी प्रदेशलाई समृद्ध बनाएको बताउनुभयो ।

खुवालुङदेखि माङ्सेबुङलगायतका पवित्र स्थलहरू प्रदेशका अमूल्य सम्पत्ति रहेकाले यस्ता धार्मिक धरोहरहरूको संरक्षण र संग्रहालयमार्फत समुदायहरूको पहिचानलाई वर्षौंसम्म चिरस्थायी बनाउन प्रदेश सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ को अगष्ट ९ बाट विश्व आदिवासी दिवस मनाउन सुरु गरेको हो । दिवसलाई आदिवासी तथा जनजातीहरूले अधिकार स्थापित गर्ने दिनका रूपमा मनाउँदै आएका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्