पाकिस्तानमा बाल दुर्व्यवहारको अवस्था गम्भीर

<span class='c1'>पाकिस्तानमा बाल दुर्व्यवहारको</span> <span class='c2'>अवस्था गम्भीर</span>

इस्लामावाद । सन् २०२४ को पहिलो छ महिनामा पाकिस्तानमा बाल दुर्व्यवहारका एक हजार ६३० वटा घटना दर्ता भएका स्थानीय गैरसरकारी संस्था साहिलले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

सन् २०२४ को जनवरीदेखि जुनसम्म ८१ वटा राष्ट्रिय तथा क्षेत्रीय दैनिक पत्रिकामा प्रकाशित तथ्याङ्क अनुसार ८६२ बाल यौन दुर्व्यवहार, ६६८ अपहरण, ८२ बेपत्ता बालबालिका र १८ वटा बालविवाहका घटना दर्ता भएका छन् ।

यस वर्षमा यौन दुर्व्यवहारपछि पोर्नोग्राफीका ४८ वटा घटना रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ । छ महिनाको तथ्याङ्कमा रिपोर्ट गरिएका मुद्दामध्ये ५९ प्रतिशत पीडित केटीहरू र बाँकी ४१ प्रतिशत केटाहरू पीडित छन् ।

तथ्याङ्क अनुसार ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका अधिक दुर्व्यवहारको जोखिममा छन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्