ट्रम्प-ह्यारिसबिच सेप्टेम्बर १० बहस हुने

<span class='c1'>ट्रम्प-ह्यारिसबिच सेप्टेम्बर १०</span> <span class='c2'>बहस हुने</span>

अमेरिका । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबिच सेप्टेम्बर १० मा बहस हुने भएको छ । उहाँहरू सेप्टेम्बर १० मा बहस गर्न सहमत हुनुभएको हो ।

रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार ट्रम्प र उहाँका डेमोक्रेटिक समकक्ष ह्यारिस दुवैले बहसमा आफ्नो सहभागिता पुष्टि गर्नुभएको छ । ९० मिनेटको बहस फिलाडेल्फियामा हुने अपेक्षा गरिएको छ ।

एबीसी एन्कर डेभिड मुइर र लिन्से डेभिसले मध्यस्थकर्ताको रूपमा रहनु हुनेछ । बहस सम्भवतः प्रत्यक्ष दर्शकहरू बिना आयोजित हुनेछ । तर सही ढाँचा र आधारभूत नियमहरू अझै पनि निर्धारण भइरहेका छन् ।

यो घोषणा फ्लोरिडाको पाम बिचमा ट्रम्पको समाचार सम्मेलनपछि भएको हो । जसमा उहाँले ह्यारिससँग तीन बहसको प्रस्ताव राख्नुभयो ।

ट्रम्पले यसअघि सेप्टेम्बर १० मा राष्ट्रपति जो बाइडेनसँग बहस गर्न सहमत हुनुभएको थियो । तर बाइडेनले डेमोक्र्याटिक टिकटबाट फिर्ता लिएपछि ह्यारिससँग बहस गर्न ट्रम्प सहमत हुनुभएको हो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्