अफगानिस्तानकी खेलाडी तलास पेरिस ओलम्पिकबाट अयोग्य घोषित

<span class='c1'>अफगानिस्तानकी खेलाडी तलास पेरिस</span> <span class='c2'>ओलम्पिकबाट अयोग्य घोषित</span>

पेरिस । शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलासलाई “अफगानी महिलालाई स्वतन्त्र गर’’ लेखिएको पहिरन प्रदर्शन गरेकाले पेरिस ओलम्पिकबाट अयोग्य घोषित गरिएको विश्व डान्सस्पोर्ट महासङ्घले शनिबार जनाएको छ ।

२१ वर्षीया बी–गर्ल तलास नेदरल्यान्ड्सको इन्डिया सार्डजो विरुद्धको पहिलो प्रतिस्पर्धाको ठिक अघि शुक्रबार नारा सहितको निलो पहिरन पहिरिएर प्रस्तुत हुनुभएको थियो ।

“शरणार्थी टोलीका सदस्य एथलीट बी–गर्ल तलातले ओलम्पिक अधिकारपत्रको नियम ५० को उल्लङ्घन गर्दै आफ्नो पोसाकमा राजनीतिक नारा प्रदर्शन गरेकोमा अयोग्य घोषित गरिएको हो”, डान्सस्पोर्ट महासङ्घले विज्ञप्तिमा जनाएको छ ।

नियम ५० ले कुनै पनि ओलम्पिकस्थल वा अन्य क्षेत्रमा कुनै पनि प्रकारको प्रदर्शन वा राजनीतिक, धार्मिक वा जातीय प्रचारमा प्रतिबन्ध लगाएको छ ।

सन् २०२१ देखि तालिबानको नियन्त्रणमा रहेको काबुलमा जन्मनुभएको तलास देशबाट भागेर आफ्ना दुई दाजुभाइसँग स्पेनमा बस्दै आउनुभएको छ ।

“मैले तालिबानसँग डराएर वा अफगानिस्तानमा बस्न नसकेर देश छाडेको होइन । मैले अफगानिस्तानका महिलाहरूका लागि,आफ्नो भविष्यको लागि देश छोडेको हो”, उहाँले प्रतियोगिता अघि भन्नुभएको थियो ।

“मैले आफ्नो लक्ष्य पुरा गर्ने जोखिम लिएँ। मेरो हृदयमा डर छ तर म हार मान्दिनँ”, उहाँले सन् २०२१ मा एएफपीलाई भन्नुभएको थियो ।

पेरिस ओलम्पिकमा साइक्लिङ, एथलेटिक्स, पौडी खेल्ने र जुडो स्पर्धामा तालिबान सरकारले स्वीकार नगरेको तीन महिलासहित ६ जना खेलाडीले अफगानिस्तानको प्रतिनिधित्व गरेका थिए । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्