गाजामा इजरायली आक्रमणबाट एक सय प्यालेस्टाइनीको मृत्यु

<span class='c1'>गाजामा इजरायली आक्रमणबाट एक</span> <span class='c2'>सय प्यालेस्टाइनीको मृत्यु</span>

काठमाडौँ । हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सय भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ ।

अल–ताबाइन स्कुलले बिहानको प्रार्थना गरिरहेका धेरै विस्थापित मानिसहरूलाई आश्रय दिएका थिए । आक्रमण हुँदा ठुलो सङ्ख्यामा हताहत भएको थियो । इजरायली लडाकु विमानहरूले गाजा सहरको पूर्वमा रहेको विद्यालयमा तीन वटा रकेटसहित बमवारि गरेको र सहरको अहली अरब अस्पतालमा पठाइएका अधिकांश घाइतेहरूको अवस्था गम्भीर रहेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।

हमासले उक्त हत्याको निन्दा गरेको छ । इजरायल र अमेरिकी प्रशासनलाई यस हमलाको लागि पूर्ण रूपमा जिम्मेवार ठहराएको छ । -सिन्ह्वाको सहयोगमा

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्