पाकिस्तानका पूर्व गुप्तचर प्रमुख सैन्य हिरासतमा

<span class='c1'>पाकिस्तानका पूर्व गुप्तचर</span> <span class='c2'>प्रमुख सैन्य हिरासतमा</span>

इस्लामाबाद । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका पाकिस्तानका पूर्व गुप्तचर प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिदलाई सैन्य हिरासतमा लिइएको सेनाले सोमबार घोषणा गरेको छ ।

गत वर्ष प्रकाशित सर्वोच्च अदालतको दस्तावेजअनुसार सन् २०२२ डिसेम्बरमा पद त्यागेका हमिदमाथि आफ्नो शक्तिको दुरुपयोग गरेको र निजी आवास डेभलपरको व्यवसायमा छापा मारेको आरोप लगाइएको थियो । त्यसबेला अदालतले डेभलपरलाई आफ्नो उजुरी रक्षा मन्त्रालयमा लैजान आदेश दिएको थियो ।

“पाकिस्तानको सर्वोच्च अदालतको आदेशको पालना गर्दै पाकिस्तानी सेनाले विस्तृत छानबिन गरेको थियो । फलस्वरूप, लेफ्टिनेन्ट जनरल फैज हमिद (सेवानिवृत्त) विरुद्ध उपयुक्त अनुशासनात्मक कारबाही सुरु गरिएको छ”, सेनाको मिडिया शाखाले विज्ञप्ति जारी गर्दै भनेको छ ।

विज्ञप्तिमा कोर्ट मार्शलको प्रक्रिया सुरु गरिएको र हमिदलाई सैन्य हिरासतमा राखिएको उल्लेख छ । हमिदको सेवानिवृत्तिपछि पाकिस्तान सेनाको ऐनका ‘उल्लङ्घनका धेरै उदाहरण’ पनि ‘स्थापित’ भएको विज्ञप्तिमा बताइएको छ ।

उहाँ अविश्वासको मतमा केही शीर्ष अधिकारीहरूको समर्थन गुमाएर सत्ताबाट हटाइएका पूर्वप्रधानमन्त्री खानका कडा समर्थक रहनुभएको विश्लेषकहरूले बताएका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्