बाह्र बुँदे घोषणपत्र जारी गर्दै फोनिजको रजत वर्ष उदयपुरगढीमा सम्पन्न

<span class='c1'>बाह्र बुँदे घोषणपत्र जारी गर्दै</span> <span class='c2'>फोनिजको रजत वर्ष उदयपुरगढीमा सम्पन्न</span>

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिले १२ बुँदे उदयपुरगढी घोषणापत्र जारी गर्दै २५ औं रजत वर्ष सम्पन्न गरेको छ ।

पुर्व पर्यटन मन्त्री तथा प्रदेशसभा सदस्य नारायण बुर्जा मगरको प्रमुख आतित्विमा भएको २५ औं रजत वर्षलाई यसपटक फोनिजले उदयपुर जिल्लाको ऐतिहासिक भूमि, उदयपुरगढीमा मनाएको थियो।

उदयपुरगढीको सहयोग तथा फोनिज उदयपुरको समन्वय र प्रदेश समितिको आयोजनामा दुई दिने रजत वर्ष उदयरपुरगढीमा भव्य रुपमा मनाएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सदस्य बुर्जा मगरले उदयपुरगढीको पर्यटन प्रवद्र्धन र समृद्धि विकासमा फोनिजकर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।

बुर्जा मगरले यस क्षेत्रमा पर्यटनको सम्भावना बोकेका थुप्रै ऐतिहासिक ठाउँहरु भएकोले अहिलेसम्म प्रचारप्रसारको ओझेलमा रहेका गाउँपालिकाको चिनारी, सम्पत्तिहरुलाई पनि समाचारको माध्यामबाट सुसूचित हुनेगरी प्रचारप्रसार गर्न सहभागी सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा उदयपुरगढी पालिकाका उपाध्यक्ष जीतबहादुर खड्काले फोनिज प्रदेश समितिले ऐतिहासिक भूमि उदयपुरगढीमा रजत वर्ष मनाउँने निणर्यप्रति पालिकाले महत्वपूर्ण उपलब्धि ठानेको बताएका छन् । ऐतिहासिक पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरु पञ्चावती मन्दिर, भ्यूटावर, टुडिखेल, भूगोलपार्क, परेवा झर्ना, ताप्ली पोखरी, काभ्रेपानी महादेव,चुरुम्वा भ्यू एरिया जहाँबाट हिमालका हिमशृङखलादेखी लिएर तराईका सुन्दर फाँटहरुको दृष्यालोकन गर्न साथै राधाजीको मन्दिर छेलोभञ्याङ धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटन स्थलहरुको प्रचारसारमा समेत पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने खड्काले विश्वास व्यक्त गरे ।

कार्यक्रममा दुई फोनिजकर्मीलाई पहिचान पत्रकारिताबाट पुरस्कृतबाट सम्मान समेत गरिएको छ । सुनसरीका धीरेन्द्र चौधरी र ओखल्ढुँगाकी विनुमाया राईलाई ‘पहिचान पत्रकारिता पुरस्कार २०८१’ बाट जनही नगद १० हजार २५ रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको छ ।
रजत वर्षको अवसरमा उदयचन्द्र सेनले शासन गरेको ऐतिहासिक, पुरातात्विक महत्व बोकेको उदयपुरगढीको पर्यटन स्थलसम्म पुग्ने सडकको स्तरोन्नति गर्ने, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई अविलम्व घोषणा गर्न १ नं. प्रदेशलाई मातृ भाषामा (राष्ट्र भाषा) मा सञ्चार माध्यामको प्रवद्र्धन गर्न घोषणपत्रद्वारा माग गरिएको छ । त्यस्तै, आदिवासी जनजातिहरुको समाधी स्थल पुरातात्विक स्थलहरुको राज्यपक्षबाट बारम्वार अतिक्रमण हुनु दुःखद् भएकोले सो कार्यलाई तत्काल अत्य गर्न र राज्यबाट वितरण हु्ने लोक कल्याणकारी विज्ञापनहरु समानुपाति आधारमा वितरण तथा व्यवस्था गर्नु पर्ने लगायतका मागलाई सम्बोधन गर्ने उदेश्यसहित १२ बुँद्धे घोषणपत्र समेत जारी भएको छ ।

फोनिज उदयपुरका अध्यक्ष इश्वर बलम्पाकी मगरको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रम सचिव सन्देश सुब्बा र महासचिव सुसन रुङमाहाङ राईको सञ्चनमा फोनिज १ नं. प्रदेशका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्