भुक्तानीमा चेक : उल्झन बढाएर अदालत धाउन लगाउने बैंकको नाम अंकित कागज बन्दै

<span class='c1'>भुक्तानीमा चेक : उल्झन बढाएर अदालत धाउन</span> <span class='c2'>लगाउने बैंकको नाम अंकित कागज बन्दै</span>

इन्दु साह
विराटनगर । विराटनगर १३ का ४५ वर्षीय ओम प्रकास साह चेक अनादरको मुद्दा लिएर आदलत धाईरहेका छन् । उनले साथीभाईको नाता भएका व्यक्तिलाई विश्वास गरी ४ लाख रकम सापटी दिएका थिए । साथीले उक्त रकम भुक्तानि गर्न चेक दिए । चार लाख भरेको चेक लिएर बैंक गएका साहको चेक बाउन्स भयो । बारम्बार बाउन्स भएपछि उनले आग्रह गरे तर पनि साथीले पैसा फिर्ता दिने कुरै गरेनन् । सो पश्चात साहले अदालतमा चेक अनादरमा मुद्दा दायर गरे ।

उनले भने यस्तो वाउन्स भएको चेक मसँग अझै ४ वटा छन् । हिजो आज रकम लेनदेनमा चेकबाट गरिने भुक्तानीमा थुप्रै समस्या आउने गरेको यो प्रतिनिधि घटना हो । अझै कतिपयले चेक दिएर भुक्तानी माग्न जाँदा दाउ छोपेर कुटपिट समेत गर्ने गरेका घटना छन् । पछिल्लो समय विराटनगरको जलजला चौकमा एउटा जग्गा खरिद बिक्रीको समस्या समाधान गर्ने निहुँमा प्रवेश गरेका एकजना व्यक्तिले एककरोड सात लाख कारोबार मिलाउन भन्दै मागेर लामो समयसम्म फिर्ता नगरेको घटना बाहिर आएको छ । आनन्दमोहन झा भन्ने व्यक्तिले लिएको पैसा फिर्ता माग्न जाँदा हुलहुल्ज्जत गरेर सापटी दिनेलाई कुटपिट गरेको घटना प्रहरीसम्म पुगेको छ ।

चेक अनादरका घटनामा व्यक्तिले अदालतमा मुद्दा जाँदा लामो समयसम्म फिर्ता नदिनु नपर्ने नियत राख्ने गरेका छन् । अदालतमा गएको मुद्दा फैसला नहुँदासम्म पैसा चलाउन पाउने र गर्जो टार्ने नियत राख्दा बैंकका चेक कारोबार विश्वासयोग्य हुन छोडेका हुन् । नगद कारोबारमा विश्वास नभएर चेक कारोबार हुन थालेका थियो । तर, प्रमाण मानिने चेक कारोबारमा समेत छलछाम बढ्दै जान थालेपछि कारोबार प्रणाली नगदमै हुनुपर्ने माग समेत कतिपयले गर्न थालेका छन् ।

मोरङ जिल्ला अदालतमा समेत चेक अनादार, लेनदेनको मुद्दा अत्याधिक आउने गरेको छ । आर्थिक वर्ष २०८०।८१ मा एक हजार ३३ लेनदेनको मुद्दा दर्ता भएका छन् । यसमध्ये ६ सय ९५ मुद्दा फछर्यौट भएका छन् । तीनसय ३८ मुद्दा विचाराधिन रहेका छन् । यस्तै २०८०।८१ मा चेक अनादरको एक हजार २१ मुद्दा दर्ता भएका छन् । यस मध्ये ५ सय ६६ मुद्दा फछर्यौट भएक छन । चार सय ५५ मुद्दा अझै फछर्यौट गर्न बाकीँ रहेको छ । अदालतमा अन्य बैकिङ कसुर सम्बन्धित का मुद्दाहरु समेत दर्ता हुने गरेका छन् । बैंकको चेकमार्फत, अनलाईन टन्सफर मार्फत, जग्गा बैना कागज, व्यापारिक लेनदेन, सहकारी लेनदेन लगायतका कारोबारका मुद्दा आउने गरेका छन् ।

मोरङ जिल्ला अदालतका सुचना अधिकारी हेम बाहादुर बुढाथोकीका अनुसार विश्वासको आधारमा चेक मार्फत कारोबार हुन्छ । तर बैंक खातामा पैसा नभएको बेला बारम्बार चेक फिर्ता हुदा उक्त कारोबारमा विवाद सिर्जना हुन्छ । लामो समयपछि अदालतमा मुद्दा दर्ता गराउने गरेका छन् । उनको अनुसार अहिले लेनदेनमा आउने मुद्दामा बढिजसो चेक मार्फत आउने गरेको छ । यस्तै मोरङ जिल्ला अदालतको आर्थिक वर्ष २०७९।८० को तथ्याङक अनुसार आठ सय ४९ लेनदेनक मुद्दा दर्ता भएका थिए ।

विनिमय अधिकारपत्र ऐन, २०३४ को दफा १०७ मा चेक अनादार भएको अवस्थामा हुने सजाएको व्यवस्था गरीएको छ । दफा १०७ (क) अनुसार बैङ्कमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बन्धित बैङ्क समक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैङ्कबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लेखित रकम र ब्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।

तर, अदालतको फैसलापछि पनि फिर्ता गर्नुपर्ने पैसामा बारम्बार उल्झन हुने गरेका छन् । अदालतको फैसला कार्यन्व्यन नगरी फरार रहनेहरु समेत धेरै पक्राउ पर्दै कारागार चलान हुने गरेका छन् । यस्तो हुँदा लामो समयसम्म लेनदेन घर्केर सापटी दिनेको दैनिकी अस्तव्यस्त हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्