विराटनगरमा २७ हटिया, वार्षिक ४५ लाख आम्दानी

<span class='c1'>विराटनगरमा २७ हटिया, वार्षिक</span> <span class='c2'>४५ लाख आम्दानी</span>

इन्दु साह
विराटनगर । विराटनगरमा दैनिक जसो लाग्ने हाटबजार अव्यवस्थित देखिन्छन् । महानगरका १९ वडामा हप्ता भरीमा लगभग २७ स्थानमा हटिया लाग्ने गरेको छ । विराटनगर आसपासका व्यापारी समेत हटियामा व्यापार गर्न आउने गरेका छन् ।

उक्त हटियाको कर संकलन गर्ने ठेक्का नेपाल फुलवारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिसलाई दिईएको छ । यस संस्थाले ३ वर्षको लागि ४५ लाखमा हटियाको कर संकलन गर्न महानगरसँग सम्झौता गरेको हो । उक्त हाटबजारको कर विहान ८ बजे देखि बेलुका ६ बजेसम्म फुटपाथमा व्यापार गर्न अथवा कर संकलन गर्न नपाउने महानगरपालिकाको राजस्व महाशाखा प्रमुख सरोज गैतमले जानकारी दिए ।

यता महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलले भने नगर भित्रका नालाको ढक्कन, सडक तथा फुटपाथमा व्यापार व्यवसाय गर्न नपाउने बताएका छन् । उनले भने सडकमा सवारी आवतजावत अवरुद्द हुने गरी व्यापार गर्न पाईदैन तर गरिरहेका छन् । यस्तो अव्यस्थित बजार हटाउने जिम्मा नगर प्रहरीकै हो । हामीसंग जनशक्ति अभावका कारण पनि यस विषयमा ध्यान दिन सकिरहेको अवस्था छैन उनले भने ।

नेपाल फुलवारी कम्पनीका प्रमुख उमेश कटुवालका अनुसार महानगरपालिका भित्र लाग्ने हाट बजारदेखि फुटपाथमा लाग्ने हटियासम्मको कर असुली गर्न महानगरसंग सम्झौता भएको छ । कटुवालका अनुसार महानगरले तोकेको स्थान अथवा दिन बाहेक जथाभावि लाग्ने हाटबजार महानगर प्रहरीले हटाउनुपर्ने बताउँछन् । यस कम्पनिले महानगरलाई कर सहित मासिक एक लाख ४५ हजारसम्म संकलित रकम बुझाउने गरेको छ । नेपाल फुलवारीले भने हाटबजार मार्फत मासिक दुई लाख २० हजारसम्म रुपैयाँसम्म संकलन गर्ने गरेको प्रमुख कटुवालको भनाई छ । यस कम्पनिले कर संकलन गरे बापत उक्त हाट बजारबाट निस्कने फोहोर समेत संकलन गरीदिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्