जापानका प्रधानमन्त्री किशिदा निर्वाचन नलड्ने

<span class='c1'>जापानका प्रधानमन्त्री किशिदा</span> <span class='c2'>निर्वाचन नलड्ने</span>

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने घोषणा गर्नुभएको छ।

किशिदा सन् २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको तीनवर्षे कार्यकाल सेप्टेम्बरमा सकिँदैछ ।

उहाँ चुनावी दौडबाट बाहिरिएसँगै पार्टीको नेताका लागि सेप्टेम्बरमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्ने नयाँ नेता प्रधानमन्त्रीको उत्तराधिकारी हुने अवसर मिल्नेछ किनभने संसद्को दुवै सदनमा एलडीपीको बहुमत छ ।

पार्टीको भ्रष्टाचार काण्डबाट आक्रान्त हुनुभएका किशिदाप्रतिको समर्थन दर २० प्रतिशतभन्दा तल झरेको छ ।

उहाँले सेप्टेम्बरमा हुने मतदानमा भाग नलिने घोषणा गर्दै आफ्नो पार्टी देश हितका लागि परिवर्तन भइरहेको देखाउनका लागि नयाँ नेताका लागि अनुमति दिनुभएको हो । किशिदाले नयाँ निर्वाचित नेतालाई समर्थन गर्ने बताउनुभयो ।

यस वर्षको सुरुमा भएको स्थानीय चुनावमा उहाँको हारले प्रभाव कमजोर बनेकोे र एलडीपीका सांसदहरूले आगामी आम निर्वाचनअघि नयाँ अनुहारको आवश्यकतामा आवाज उठाएका समय प्रधानमन्त्री किशिदाको यो निर्णय आएको हो ।

भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि, किशिदाले धेरै मन्त्री र अन्यलाई पार्टी कार्यकारी पदबाट हटाएर पार्टीमा देखिएका गुट उपगुटहरू विघटन गर्नुभएको छ । यसलाई राजनीतिक वृत्तमा पैसाको लागि अनुकूल राजनीतिको स्रोतको रूपमा आलोचना गरिएको थियो । उहाँको नेतृत्वमा राजनीतिक कोष नियन्त्रण कानुनलाई कडा बनाउने कानुन पारित भएको छ ।

सुधारका कैयौँ प्रयासबीच पनि उहाँको नेतृत्वको सरकारप्रतिको समर्थन भने कम हुँदै गएको छ । रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्