बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिबलाई पाकिस्तानमा खेल्न अनुमति

<span class='c1'>बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर</span> <span class='c2'>शकिबलाई पाकिस्तानमा खेल्न अनुमति</span>

ढाका । बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिब अल हसनलाई बुधबार पाकिस्तानमा राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिइएको छ ।

बङ्गलादेशका पूर्वकप्तान शकिबले जनवरीमा कुनै पनि वास्तविक विरोधबिना सम्पन्न निर्वाचनपछि अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको विधायकका रूपमा पदभार ग्रहण गर्नुभएको थियो ।

विद्यार्थीहरूको नेतृत्वमा भएको राष्ट्रिय विद्रोहको नाटकीय निष्कर्षका रूपमा हसिनाले अचानक राजीनामा दिँदै हेलिकप्टरमार्फत भारत भागेसँगै संसद् भङ्ग भएपछि शकिबले सांसद पद गुमाउनुभएको थियो ।

ती विद्यार्थीहरूमध्येका एक अहिले अन्तरिम सरकारमा वास्तविक खेलमन्त्री रहनुभएका २६ वर्षीय आसिफ महमुदले हसिना र अवामी लिगसँगको सम्बन्धका बावजुद शकिबलाई टोलीमा रहन अनुमति दिनुभएको छ ।

“हामीले खेलकुद सल्लाहकारसमक्ष टोलीलाई प्रस्तुत गर्यौँ”, बङ्गलादेश क्रिकेट बोर्ड ९बिसिबी० का निर्देशक इफ्तिखर अहमदले भन्नुभयो, “उहाँले शकिबलाई समावेश गरेकामा विरोध गर्नुभएन, उहाँले योग्यताका आधारमा टोली गठन हुनुपर्ने बताउनुभयो ।”

हसिनालाई सत्ताबाट हटाउने र्यालीहरू आयोजना गर्ने स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका प्रमुख सदस्यमध्ये महमुद एक हुनुहुन्थ्यो । उहाँ र साथी विद्यार्थी नेता नाहिद इस्लाम दुवै नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा हसिना भागेपछि पदभार ग्रहण गर्ने सल्लाहकार मन्त्रिपरिषदका सदस्य हुनुहुन्छ ।

लाहोरको गद्दाफी क्रिकेट रङ्गशालामा बुधबार ३७ वर्षीय शकिबलाई प्रशिक्षण गर्दै गरेको देखिएको थियो । हसिनाको राजीनामापछि उहाँ देखिनुभएको थिएन । उहाँ क्यानाडाबाट सिधै पाकिस्तानमा बङ्गलादेशी टोलीमा सामेल हुनुभयो । क्यानाडामा उहाँले टि–२० प्रतियोगिता खेल्दै हुनुहुन्थ्यो ।

घर आउनुपर्थ्यो

शकिब सामान्यता फेसबुक प्रयोगकर्ता हुनुहुन्छ तर उहाँले विरोध प्रदर्शनहरूमा घातक प्रहरी कारवाही सुरु भएको दुई दिनअघि जुलाई १४ पछि कुनै सार्वजनिक पोस्ट गर्नु भएको छैन ।

“एक विधायकको हैसियतमा शकिब सामूहिक हत्याको जिम्मेबारीबाट बच्न सक्नुहुन्न”, हसिनाको पदभार ग्रहण गर्नुअघि सेवा गर्नुभएका बिसिबीका पूर्व सदस्य रफिकुल इस्लामले भन्नुभयो, “विद्यार्थी मारिने क्रममा उहाँले कहिल्यै विरोध गर्नुभएन, यीमध्ये धेरै विद्यार्थीले उहाँलाई आइकन ठान्थे, उहाँले पहिला घर आउनुपर्थ्यो र किन मौन बसेको भन्नेबारे स्पष्टीकरण दिनुपर्थ्यो ।”

रफिकुल मङ्गलबार बङ्गलादेशको मुख्य क्रिकेट स्थल शेर–ए–बाङ्गला राष्ट्रिय रङ्गशालामा बिसिबीको मुख्यालय बाहिर विरोध प्रदर्शनमा सहभागी हुनुभयो ।

उहाँ र अन्य खेल प्रशासकहरूले हसिनाको वफादार भएको आरोप लागेका क्रिकेट बोर्डका सदस्यहरूलाई हटाउन माग गर्नुभयो । समूहले सोमबार विज्ञप्तिमा भनेको छ, “कुव्यवस्थापन, निरङ्कुश व्यवहार र बेलगाम भ्रष्टाचारले बङ्गलादेश क्रिकेट पछि परेको छ ।” रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्