साफ यू–२० च्याम्पियनसिपमा भुटानमाथि भारतको जित

<span class='c1'>साफ यू–२० च्याम्पियनसिपमा</span> <span class='c2'>भुटानमाथि भारतको जित</span>

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।

सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’ को खेलमा भारतले भुटानमाथि १–० गोलको कठिन जित निकालेको हो ।

खेलको ३७ मिनेटमा भारतका मनिरुल मल्लले गरेको गोल निर्णायक सावित भएको हो । उनले कर्नर बलमा हेडमार्फत् गोल गरेका थिए । गोल गरेपछि उनले भारतको कोलकातामा डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको ’पीडितलाई न्याय’ लेखिएको टिसर्ट देखाएका थिए । खेलमा भुटानले इन्जुरी समयको अन्तिम मिनेटमा बराबरी गर्ने अवसर गुमाएको थियो।

भुटानका कप्तान पेमाको प्रहार पोलमा लागेको थियो । प्रतियोगितामा भोलि समूह ‘ए’ को खेलमा श्रीलंका र बंगलादेश खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्