विराटनगरमा बिना दर्तावालाको कार्टेलिङ्गले टेलरिङ्ग पेसामा समस्या

<span class='c1'>विराटनगरमा बिना दर्तावालाको कार्टेलिङ्गले</span> <span class='c2'>टेलरिङ्ग पेसामा समस्या</span>

इन्दु साह
विराटनगर । विराटनगरमा बिना दर्ताका टेलर खोलेर सिलाई–कटाईको काममा कार्टेलिङ्ग हुँदा व्यवसायमा दर्ता टेलरिङ्ग पेसा जोखिममा परेको गुनासो गरिएको छ । खासगरी निजी विद्यालयका सञ्चालकले विद्यार्थीको पोशाकमा निश्चित पसलसँग गरेको साँठगाँठले यस्तो स्थिति निम्त्याएको हो । विद्यालयले कपडा व्यापारीबीचको कार्टेलिङ्गले गर्दा अहिले कपडा व्यापारीले आफैं सटरमा टेलरिङ्ग सुरु गरेका छन् । जसको मार भने व्यवसाय दर्ता गरेर त्यहि पेसा अंगाल्नेहरुमा परिरहेको छ ।

कोशी प्रदेश सिलाईबुनाई सर्भिस संघका अध्यक्ष अबजुल हुसेन गुलजारले मन्दिको प्रभाव सबै क्षेत्रमा परेको भएपनि टेलरिङ्ग पेसामा विकृती समेत भित्रिएको बताए । उनले विराटनगरमा विद्यार्थीको संख्या धेरै भएपनि पोशाक सिलाईको अर्डर दर्तावाला टेलरमा नआउने गरेको बताए । ‘कपडा पसलका व्यापारीहरुले विद्यालयसँग सेटिङ गरेका छन्, व्यापारीले एक महिनाका लागि छुट्टै सटरमा भारतीय कामदार मगाएर काम गराउँछन्’ उनले भने–कतिपय व्यापारीले अवैध टेलरिङ चलाईरहेका छन् भने कतिपय टेलरहरुसँगै सम्झौता गरेर काम गराउने गरेका छन् ।
उनले विद्यार्थीको पोशाक मात्रै कारण मान्न नहुने तर्क पनि गरे ।

अब कपडाको व्यापारी कारोबार गर्नेले टेलर पनि चलाउँछ, त्यसको कुनै वैधता छैन, नाफा लिनुपर्ने लिन्छ फेरी गोदाम बनाउँछ, अध्यक्ष गुलजारले भने–अवैध टेलरिङ्ग भईरहेको सूचना आईरहेकोले यस विषयमा केहि न केहि एक्सन लिने तयारी भईरहेको सुनाए । तर, यो मात्रै नभई पनि उपभोक्ताको खर्च गर्ने शैली र पहिरनमा आएको परिवर्तन पनि कारण बन्ने उनको भनाई छ । महानगरपालिकामा २७८ टेलर्स व्यवसायी रहेका छन् । तर, अहिले सबैले सदस्यता नविकरण भने गरेका छैनन् । संघमा आवद्धता भएका यी टेलरहरु महानगरपालिकाको नविकरण गर्न गएको वा नगएको यकिन भएको छैन । उनका अनुसार व्यवसाय दर्ता नविकरण गरेर संघमा आवद्धता हुन आउनेहरुको संख्या बढ्न पनि सक्छ र घट्न पनि सक्छ ।

विराटनगर–९ बाटा रोडका टेलर्स व्यवसायीहरू समेत विद्यालयको भर्ना अवधी पार गरेर चाडपर्व भित्रिदाँ समेत कारोबार नभएकोमा चिन्तामा परेको बताउँछन् । परम्परागत रूपमा यो समय उनीहरूको व्यवसायको लागि उत्कृष्ट हुने गरेको थियो । तर, यस वर्ष स्थिति फरक देखिएको छ।

नेपाल फेशन संचालक मोहोद नजरुलले सिलाईको पोशाकमा भन्दा रेडिमेट कपडामा धेरैको आकर्षण छ । अर्को कुरा पुरा तयारी गरिएको कपडा बजारमा पाइने भएपछि थान कपडा किनेर सिलाउन दिने घट्दै गएका हुन् ।
अर्का वेष्ट स्टाईल टेलर्सका संचालक नासीर खानले ग्राहकको आकर्षण जोगबनी बजार भएकोले सस्तोमा कपडा खरिद गरेर ल्याउने केहिदिन लगाउने गरेको बताएका छन् । सुपर फेसन टेलर्स एण्ड स्पेस्लिष्टका संचालक रसामुल हकले भने साधारणतया यो समयमा तर अहिले सटरहरू खाली छन्। ग्राहकहरूको संख्या निकै कम छ। यस क्षेत्रमा दर्जनौं टेलरिङ पसलहरू छन् । जसमा धेरैजसो साना व्यवसायीहरू संलग्न छन्। उनीहरूको मुख्य आम्दानीको स्रोत चाडपर्वको समयमा हुने कपडा सिलाइ हो । अर्का व्यवसायी असज अन्सारी भन्छन् बितेको रक्षा बन्धनमा समेत खासै सिलाईको अर्डर आएको थिएन । अलिअलि मात्र अर्डर आउछन् । यो वर्षको चाडपर्वमा धेरै आशा गरेका छौं तर अहिलेसम्म व्यापार निराशाजनक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्