विराटनगरमा कम्प्युटर इन्स्टिच्युट र साइबर क्याफे विस्थापित हुँदै

<span class='c1'>विराटनगरमा कम्प्युटर इन्स्टिच्युट र</span> <span class='c2'>साइबर क्याफे विस्थापित हुँदै</span>

विराटनगर । विराटनगरमा २०४५ साल आसपास पर्ल कम्प्युटर इन्स्टिच्युट जलजला चौकमा खुलेको थियो । स्व.सन्जेश कोइरालाले यो इन्स्टिच्युट सञ्चालनमा ल्याएपछि सिक्ने त परैको कुरा थियो, हेर्न मात्रै पनि निक्कै समय मिलाउनु पर्दथ्यो । धेरै पैसा हुनेहरुले पर्लमा कम्प्युटर सीप र ज्ञान हाँसिल गरे । त्यो समय कम्प्युटर सिकेको छ भन्न सक्नु निक्कै ठूलो कुरा थियो ।

विराटनगरमा पर्ल इस्न्टिच्युटमा कम्प्युटर सिकेर अहिले पनि सम्बन्धित क्षेत्रको व्यापार गर्दै आउका अजय दाहालका अनुसार त्यसपछि सोफमेशन कम्प्युटर खुलेको थियो । नमस्कार होटल अगाडी खुलेको यो इन्स्टिच्युटमा भारतीय लगानीकर्ता थिए । उनले चार्टर्ड अध्ययन गर्न गएका शिवकुमार गुप्तालाई प्रोपाइटर राखेर दुई वर्ष चलाए । यसको प्रशिक्षक थिए दाहाल । दाहालले पर्लमा सिकेका आधारमा नयाँलाई सिकाउँथे र सोफमेशनमा रातीराती तिनै भारतीय लगानीकर्ताबाट अरु कुरा सिक्थे । ‘बेलुका उनीसँग सिकेर बिहान विद्यार्थीलाई पढाउँथे’ दाहालले भने–एकलाख बुझाएर कम्प्यूटर सिक्ने चलन थियो, हामी सिकाउने पनि गज्जबको तलव पाउँथ्यौं । त्यसबेला सिट प्याक भएर भर्ना लिन पनि सकिदैथ्यो ।

त्यसपछि भारतीय नागरिक सरकारी जागिर खाने भन्दै फर्के, गुप्ता समेत सिए कोर्ष पुरा गर्न गए । प्रशिक्षक हुनाले दाहालले त्यसलाई एकवर्षसम्म चलाए । त्यहाँबाट छोडेर नरबहादुरको सेकुवा कर्नर अगाडी माइक्रोसफ्ट कम्प्यूटर नेटवर्क २०४८ सालमा खोले । पुरानो कम्प्यूटरको इतिहाससँग जोडिएका दाहाल अहिले हिमालय रोडमा माइक्रो अटोमेसनका सञ्चालका हुन् । जहाँ कम्प्यूटर तथा पार्टस् र हार्डवेयर सोलुसन सुविधा रहेको छ ।

विराटनगरमा कुनै बेला कम्प्यूटर इन्स्टिच्यूट यसरी गुल्जार थिए । धेरै लगानी गर्नसक्ने र धेरै पैसा भएकाहरुले सिक्ने मात्रै थियो । भीडभाडले सिक्ने समय समेत नपाउने अवस्था थियो । तर, समय विस्तारै फेरियो । सुचना र प्रविधिको फड्को मार्दा हातमा मोवाइल र झोलामा ल्यापटप धेरैसँग भए । विद्यालयमा कम्प्यूटर शिक्षा दिन थालियो । २०६५ सालसम्म आउँदा चोकैपिच्छे साइबर क्याफे र कम्प्यूटर इन्स्टिच्यूट खोल्न प्रतिस्प्र्धा चलेको थियो । २०७५ सालसम्म आउँदा साइबर क्याफे र कम्प्युटर इन्स्टिच्युट सुस्ताउँदै जान थाले । पछिल्ला पाँचवर्षमा विराटनगरमा साइबर क्याफे बन्द भए भने कतिपय इन्स्टिच्यूट पनि बन्द भए । चलिरहेको अवस्था आर्थिक रुपमा कमजोर छ ।

विराटनगर ट्राफिक चौकको निट कम्प्युटर इन्स्टिच्युटका सञ्चालकमध्येका एक शम्भुप्रसाद महतोले सिजनमा बाहेक सिक्ने नहुने बताए । उनका अनुसार अहिले पनि एसईई सकाएर केहि विद्यार्थीहरुले कम्प्युटर सिक्न चाहन्छन् । सरकारी विद्यालय पढ्नेहरुले कम्प्युटर समेत सिकी हालौं भनेर आउने गरेका छौं । यसैगरी १२ कक्षाको परीक्षा लेखेर बस्नेहरुले समेत केहिले सिक्ने गरेको उनले बताए । तर, कम्प्युटर सिकाएर मात्रै अफिस सञ्चालन गर्न नसकेपछि ट्यूसन सेन्टर समेत त्यहि चलाउन थालेको उनले बताए ।

त्यसैगरी कलेज रोडमै रहेको सिआईटी कम्प्युटरका सञ्चालक पप्पु पासवानले सरकारी विद्यालयका विद्यार्थीले अफिस प्याकेजका कोर्षहरु गर्ने र निजी विद्यालयका विद्यार्थीले प्रोग्रामिङका कोर्षहरु गर्न आउने बताए । उनका अनुसार कम्प्युटर इन्स्टिच्युटमा आउने विद्यार्थी सिजन अनुसार मात्रै हुने गर्दछन् । अहिले दैनिक खर्च धान्न पहिले जस्तो सहज भने छैन । विस्तारै इन्स्टिच्युटहरु विस्थापित हुने अवस्थामा पुग्न सक्ने उनको बुझाई छ ।

विराटनगरमा अहिले यति नै संख्यामा कम्प्युटर सिकाउने संस्थाहरु छन् भन्ने यकिन छैन । कसले कहाँ र कसरी चलाईरहेको छ भन्ने कुरा संस्थागत कसैको छैन । तर, पनि सिटीईभीटीको सीप परीक्षण प्रमाणपत्र लिनका लागि वा स्थानीय तहको अनुदानका लागि कतिपय संस्थाहरुले झोलामा कार्यालय राखेर कारोबार गर्दै आएका छन् । उनीहरुले स्थानीय तहसँग सम्झौता गरेर चलिरहेका संस्थामा विद्यार्थी पठाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्