साफ यू–२० च्याम्पियनसिप : आज समूह विजेता बन्न नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने

<span class='c1'>साफ यू–२० च्याम्पियनसिप : आज समूह विजेता</span> <span class='c2'>बन्न नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने</span>

काठमाडौं । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अनतर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेलको विजेता टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन् ।

समूह ए मा लगातार दोस्रो हार भोग्दै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन् । समूह ए को विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह उपविजेताले समूह बी को विजेता टोलीसँग खेल्नेछ ।
समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको नेपाली युवा टोली बंगलादेशलाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ ।

उता श्रीलंकामाथि २–० को जित निकालेको बंगलादेशको टोली नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्