साफ यु–२० : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

<span class='c1'>साफ यु–२० : बंगलादेशलाई</span> <span class='c2'>हराउँदै नेपाल समूह विजेता</span>

काठमाडौं । आयोजक नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै समूह विजेता बनेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालको जितमा समिर तामाङ र निराजन धामीले समान १–१ गोल गरेका थिए ।
खेलको १७ औँ मिनेटमा समिरले नेपाललाई अग्रता दिलाएका थिए । नेपाली खेलाडीले क्लियर गरेको बललाई बंगलादेशी गोलकिपर मोहदी हसन सर्बोनले गरेको गम्भीर गल्तीको फाइदा नेपालले लियो । नेपाली खेलाडीले डिबक्सबाट क्लियर गरेको बल अगाडि आएर सहज क्लियर गर्नुपर्नेमा उक्त बलमा चुक्दा समिरले गोलरक्षकबाट खोस्दै सहज रुपमा गोलमा परिणत गरेका थिए ।

दुई मिनेटपछि नै निराजनले टोलीको अग्रता दोब्बर बनाए । उनले अविनाश स्याङ्ताङको क्रसलाई वान टचमै जाली चुमाउँदा नेपाले २० मिनेटभित्रै २–० को अग्रता बनाएको थियो । पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा बंगलादेशका इस्लामले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

दोस्रो हाफमा बंगलादेशले बल पोसेसन बनाए पनि गोल गर्न भने सकेन,जसका कारण नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्