काठमाण्डौं । तनुहँको आँबुखैरेनी गाउँपालिका–२ को ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा भारतीय यात्रु बोकेको बस खसेको छ । बसमा सवार यात्रुहरू घाइते भएका छन् । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार घाइतेको उद्धार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विरेन्द्रबहादुर शाहीका अनुसार पोखराबाट काठमाडौं जाँदै थियो । प्रहरीले उक्त बसमा कम्तिमा ४० यात्रु रहेको प्रारम्भिक अनुमान गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।