मस्र्याङ्दी दुर्घटना : पन्ध्रजना अचेत अवस्थामा

<span class='c1'>मस्र्याङ्दी दुर्घटना :</span> <span class='c2'>पन्ध्रजना अचेत अवस्थामा</span>

काठमाण्डौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा भारतीय नागरिक बोकेको बस खस्दा १५ जना अचेत अवस्थामा रहेको जनाएको छ । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जानकारी दिइएको हो ।

पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङ्दीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

बस सडकबाट मर्स्याङ्दी किनारमा कच्याकुचुक अवस्थामा देखिन्छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्