फेन्च लिगमा पीएसजीको एकतर्फी जित

<span class='c1'>फेन्च लिगमा पीएसजीको</span> <span class='c2'>एकतर्फी जित</span>

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजीले लगातार दोस्रो जित दर्ता गरेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरमाथि ६–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको हो ।

पीएसजीको जितमा ब्राड्ले बारकोलाले २ गोल गर्दा मार्को एसेन्सियो, अचरफ हकिमी,वारेन जाइरी इमेरे र काङ इनलीले एक एक गोल गरेका थिए ।पीएसजीको घरेलु मैदान पार्स डेस प्रिन्समा खेलको चौथो मिनेटमा बारकोलाले गोल गर्दै अग्रता दिलाएका थिए । जाओ नेभेसको पासमा बारकोलाले गोल गरेका थिए । २४ औं मिनेटमा मार्को एसेन्सियोले नेभसकै पासमा गोल गरेपछि पीएसजीले अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा २ गोल गरेको पीएसजीले दोस्रो हाफमा अरु ४ गोल थपेको थियो । ५३ औं मिनेटमा ओस्मन डेम्बेलेको पासमा बारकोलाले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले अग्रता ३–० बनायो । कुनैपनि बेला मोन्टपिलरले खेलमा फर्कन प्रयास गरे पनि सफल भएन । ५८ औं मिनेटमा अचरफ हकिमीले नुनो मेन्डेसको पासमा गोल गरेपछि पीएसजी फराकिलो र एकतर्फी जित तर्फ अग्रसर भएको हो ।

६० औं मिनेटमा जाइर इमेरेले डेम्बेलेको पासमा गोल गर्दा पीएसजी ५–० ले अघि बढेको थियो । ८२ औं मिनेटमा काङ इनलीले हकिमीको पासमा गोल गरेपछि पीएसजीले ६–० को एकतर्फी जित दर्ता गर्दै स्पष्ट ३ अंक लिएको छ । पीएसजीको लगातार दोस्रो जित हो भने मोन्टपिलरको पहिलो हार हो । २ खेलबाट पीएसजीले ६ अंक बनाउँदा मोन्टपिलरको समान खेलबाट ३ अंक मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्