-सविना श्रेष्ठ
सरल स्वाभकि डुमिसा सानैदेखी पढाईमा निकै रुचि राख्थिन।
गरिब परिवारमा जन्मेकी हुँदा साथीहरुले पनि हेप्ने गर्थे र स्कुलमापनि शिक्षकहरुले वास्तानै गर्दैनथे। गाउँको परिभेष अनुसार उनका बाले सानै उमेरमा बिहे गरिदिए। त्यतिबेला उनको उमेर मात्रै १५ वर्ष थियो। सानै उमेर गरिबिको चपेटामा परेरपनि बिहेपछिपनि धेरै सपना बुन्नभने छाडिनन् ।
सदा रातो शृङ्गार मा सजिएर बस्ने रहर थियो तर उनलाई श्रीमानले कहिलेपनी केहिकिनेर ल्याईदिदैनथे । कहिले गुनासो भने नगर्ने उनको बानी थियो।
त्यतिनै बेला छोरीको जन्म भयो । दुख सुख सबै झेल्दै आएपनि नोकरी गरेको पैसा बचाएर घर बनाईन् । दुखै दुखको लहरामा जेलिएर भएपनि समाजमा चिनिदै गइन् । प्रगतिको पाइलामा साथ दिने मान्छेहरू पनि भेटिदै गए।
पत्रपत्रीका पढ्नु, बेला बेलामा आफै पनि लेख्नु, कार्यक्रममा भाग लिनु आदि कुरा उनको अनपढ श्रीमानलाई भने पटक्कै मनपरेको थिएन।
कहिलेकांही त झगडा पनि पर्दथ्यो आत्महत्या गर्ने सोच बनाउँथिन तर छोरीको मुहार सामुन्ने आउथ्यो। चाड्बाड आउँछ । माइत जाने बेला होस् या मठमन्दिर जाने बेलामा होस् उनी साधारण पहिरन र फाटेको चप्पलमै जान्थीन् । यो देखेर छोरिले सोधिन् - 'आमा सबै जना रातो पहिरनमा सजिन्छन् हजुरले चाँही किन फाटेकोमात्र लगाउँनुहुन्छ? राम्रो साडी किन नलगाएको ? उनले भनिन् , 'जुन पुरुष बाट माया भन्ने शब्द शब्दकोष मै छैन त्यो महिलाले के राम्रो झिल्लिक्क लगाउनु ?" छोरीले बुरुक्क उफृदैँ सोधिन आमा हजुरको यो शब्द बुझ्न अब म कुन स्कुल जानू? ।
विराटनगर-१२