ला लिगा : बार्सिलोनाको लगातार दोस्रो जित

<span class='c1'>ला लिगा : बार्सिलोनाको</span> <span class='c2'>लगातार दोस्रो जित</span>

काठमाडौं । स्पेनिस ला लिगमा बार्सिलोनाले लगातार दोस्रो जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिलबाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जीतमा युवा स्टार खेलाडी लामिन यामल र भेट्रान खेलाडी रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरेका थिए । बिलबाओको तर्फबाट ओहिन सानसेटले पेनाल्टीमा गोल फर्काए । २४ औं मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ४३ औं मिनेटमा एथ्लेटिकका लागि पेनाल्टीमा सानसेटले बराबरी गोल गरे ।

७५ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि अन्ततः बार्सिलोना २–१ गोलको जीत निकाल्न सफल भयो । बार्सिलोनाको लगातार दोस्रो जीत हो भने एथ्लेटिक बिलबाओले पहिलो हार बेहोरेको छ । ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई १–० गोल अन्तरले पराजित गर्दा गेटाफेर भ्यालेन्सियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्यसैगरी ओसासुनाले मालोर्कालाई १–० गोल अन्तरले स्तब्ध बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्