सुनको मूल्य हालसम्मकै उच्च

<span class='c1'>सुनको मूल्य</span> <span class='c2'>हालसम्मकै उच्च</span>

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबारका सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि भदौ ५ गते एक लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा आठ सय रुपैयाँले सुन महँगिएको हो ।

अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार तीन सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँ रहेको चाँदी आज एक हजार ८५५ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्