साफ यू–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जित्यो

<span class='c1'>साफ यू–२० च्याम्पियनसिपको</span> <span class='c2'>उपाधि बङ्गलादेशले जित्यो</span>

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले पराजित गर्दै उपाधी चुमेको हो ।

एकपक्षीय खेलमा बङ्गलादेशलाई जिताउन मिराजुल इस्लामले दुई तथा यस नोभा र हुसेन राहुलले एक÷एक गोल गरे । नेपालका लागि समीर तामाङले एक सान्त्वना गोल फर्काए । खेलको सुरुवातदेखि नै दबाबमा रहेको नेपालले घरेलु मैदानमा उपाधि चुम्ने अवसर गुमाएको हो । नेपालले समूह चरणको खेलमा भने बङ्गलादेशलाई २–१ गोलले हराएको थियो ।
नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

बङ्गलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको थियो ।
च्याम्पियनसिपमा साफमा आबद्ध पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्