खेलकुद मन्त्रीलाई ओलम्पिक कमिटीको सम्मान

<span class='c1'>खेलकुद मन्त्रीलाई ओलम्पिक</span> <span class='c2'>कमिटीको सम्मान</span>

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदको विकासका लागि खेल संघहरुले राम्रो काम गर्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको स्वागत कार्यक्रममा उनले खेल संघहरुको प्रगति र विकासले आफ्नो कार्यकालको सफलताको मापन हुने बताए ।

उनले भने, ‘संघहरुले राम्रो काम गरेमा, चलायमान भएमा मेरो कार्यकाल पनि सफल हुनेछ । त्यसैले सबै खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीलाई आ-आफ्नो खेलको विकासमा काम गर्न अनुरोध गर्दछु ।’ यसैगरी, उनले आफू मन्त्री बनेको ४० दिन भएको र यस अवधिमा खेलकुद ऐन, नियमावलीको अध्ययन गरिरहेको भन्दै यसमै टेकेर नेपाली खेलकुदको विकास गर्ने बताए ।

कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त खेलकुद मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गरेका थिए । सोही क्रममा श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिकबीच समन्वय हुनु आवश्यक भएको बताए ।

यसैगरी, एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ खेलकुद संघ बलियो हुँदा सो खेलले नतिजा पनि राम्रो निकाल्छ भन्ने उदाहरण कराँते बनेको बताएका थिए ।
खेलकुदमन्त्री चौधरीसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई पनि स्वागत कार्यक्रममा आमन्त्रित गरिएको थियो । उनी कार्यव्यवस्तताका कारण उपस्थित भएका थिएनन् । सो कार्यक्रममा विभिन्न खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्