कङ्गोमा मङ्कीपक्सका कारण ६१० जनाको मृत्यु

<span class='c1'>कङ्गोमा मङ्कीपक्सका कारण</span> <span class='c2'>६१० जनाको मृत्यु</span>

कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा चलिरहेको मङ्कीपक्स सङ्क्रमणबाट १७ हजार ८०१ भन्दा बढी सङ्क्रमित भएका छन् ।

सङ्क्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताउनुभयो । मन्त्रीले जनसङ्ख्यालाई सुरक्षात्मक उपायहरूको पालना गर्न आग्रह गर्नुभयो ।

सन्दिग्ध घटनाहरू द्वन्द्व प्रभावित प्रान्तहरूमा धेरै छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा समन्वयात्मक प्रयासहरूमार्फत एमपक्सको मानवबाट मानव प्रसारण अन्त्य गर्न विश्वव्यापी रणनीतिक तयारी र प्रतिक्रिया योजनाको सुरुवात गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्