प्रकाश तामाङलाई सहयोग गर्ने कोशी प्रदेशका मुख्यमन्त्रीको घोषणा

<span class='c1'>प्रकाश तामाङलाई सहयोग गर्ने</span> <span class='c2'>कोशी प्रदेशका मुख्यमन्त्रीको घोषणा</span>

विराटनगर । विद्या चापागाईको ‘हेर्ने कथा’ युट्युब च्यानलको सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका भोजपुरका प्रकाश तामाङ (काले मोक्तान) लाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको बताउँदै उनलाई सरकारले सहयोग गर्ने बताए । कोशी प्रदेश भित्र रहेर पशुपालन या कृषि पेशा गर्न चाहेमा सरकारले सहयोग गर्ने उनले जानकारी दिए । संघीय सरकारबाट नागरिकता प्राप्तिको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुनेबित्तिकै उनलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताए ।

“शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो ” उनले भने “त्यो नभएपछि उनको सिपलाई समेत प्रयोग गर्न सक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौँ ।” पत्रकार विद्या चापागाईले गोर्खाको चुमभ्यालीमा उनलाई भेटेपछि उनको ३५ वर्षपछि परिवारसँग पुनमिलन भएको हो । ३५ वर्षदेखि परिवारसँग सम्पर्कविहिन भएका प्रकाशको पुर्नमिलनको कथा हेर्ने कथा युट्युब च्यानलमा हराएको वर्ष शिर्षकमा राखिएको छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्