सरकारसँग नयाँ रंगशाला निर्माणका लागि जग्गा माग्ने एन्फाको निर्णय

<span class='c1'>सरकारसँग नयाँ रंगशाला निर्माणका लागि</span> <span class='c2'>जग्गा माग्ने एन्फाको निर्णय</span>

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको सातौं कार्यसमितिको बैठकले सरकारसँग सुविधा सम्पन्न रंगशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ ।

एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले करिव २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधा सम्पन्न आधुनिक र अन्तराष्ट्रिय मापदण्ड सहितको फुटबल रंगशाला निर्माण गर्न अतिआवश्यक देखिएकोले नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीलाई जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गरिएको हो ।

यसैगरी नयां रंगाशाला निर्माण गर्न २२,००,००० अमेरिकी डलर विनियोजन गर्ने र उक्त रंगशाला निर्माणार्थ जग्गा प्राप्तीको लागि सरकारसंग समन्वय गर्न संघका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन पनि गरिएको छ । यसैगरी साथै दशरथ रंगशाला संघबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रीज्यू र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग माग गर्ने निर्णय गरिएको बैठक पछि जारी विज्ञप्तिमा जनाइएको छ ।
दशरथ रंंगशालाको मैदान मर्मतको लागि ३००,००० अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरिएको छ ।

खेलाडीलाई पुरस्कृत
महिला तथा पुरुष तर्फको उत्कृष्ट खेलाडी घोषणा गरी प्रोत्साहन स्वरुप कारबाट पुरस्कृत गर्ने तथा उत्कृष्ट रेफ्रि र प्रशिक्षकलाई जनही रु.२,००,००० (दुई लाख रुपैया) र मोटर साईकलरस्कुटरबाट र लाईफ टाईम एचिभमेन्ट अवार्ड रु.५,००,०००। (पाच लाख रुपैया) र मोटर साईकल ÷ स्कुटरबाट पुरस्कृत गर्ने निर्णय गरीयो । उत्कृष्ट खेलाडी, रेफ्रि तथा प्रशिक्षक छनौट गर्न निम्न अनुसार छनौट समिति गठन गर्ने निर्णय गरएको छ । समितिको संयोजकमा पुरुषोत्तम थापा छन् भने सदस्यहरुमा हरि खड्का र सञ्जीव मिश्र रहेका छन् ।

बजेट विनियोजन
बी डिभिजन लिगका लागि आवश्यक रकम रु ३,९५,८६,५८१.९८ मध्ये १,४८,३५८ अमेरिकी डलर फिफा फरवार्ड २.० शिर्षकबाट खर्च गर्ने निर्णय गरिएको छ । महिला लिग तथा छनौट फुटवल प्रतियोगिता (तीन संस्करण) संचालन गर्न ६,९८,१८१ अमेरिकी डलर ग्रासरुट कार्यक्रम संचालन गर्न १,९६,११० अमेरीकी डलर विद्यालय स्तरको छात्र तथा छात्रा आगामी दुई संस्करणको फुटबल प्रतियोगिता संचालन गर्न २६०,००० अमेरिकी डलर, एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रो टर्फ तथा लाईट जडानका निम्ति २,६४,७१३ अमेरिकी डलर, गोदावारी नगरपालिकामा रहेको खेल मैदान निर्माण गर्न १,००,००० अमेरिकी डलर, काभ्रे जिल्लामा धुलिखेल नगरपालिकाको फुटबल खेल मैदान निर्माण गर्न १,००,००० अमेरिकी डलर पूर्वाधार निर्माण गर्न आवश्यक धादिङ्ग, मकवानपुर, जुम्ला लगाएतका अन्य कागजात पुरा गर्ने जिल्लाहरुमा ५,००,००० अमेरिकी डलर खर्च गरिने छ ।

यस्तै,राष्ट्रिय खेलाडीहरुलाई आवागमनको लागि सुविधासम्पन्न सटल वस खरिद गर्न १,००,००० अमेरिकी डलर, विभिन्न खेलकुद सामग्रीहरु खरिद गर्न ३,००,००० अमेरिकी डलर, लगेज डेलिभरी भ्यान खरीद गर्न २५,००० अमेरिकी डलर, सिन्धुपाल्चोक जिल्लामा फुटवल प्रशिक्षण केन्द्र निर्माण गर्न १००,००० अमेरिकी डलर,सप्तरी जिल्लामा फुटबल खेल मैदान निर्माण गर्न १००,००० अमेरिकी डलर, कैलाली जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न १००,००० अमेरिकी डलर, बुद्धि विकास खेल मैदान तथा भौतिक पूर्वाधार निर्माण फुटबल खेल मैदान स्तरोन्तरी गर्न ३३,४०६ अमेरिकी डलर, धरान, रौतहट, बुटवल एकेडेमी मर्मत तथा फर्निसिङ्गको निम्ति २६,५३७ अमेरिकी डलर छुट्याएको छ ।

कर्णाली प्रदेश फुटबल संघ
कर्णाली प्रदेश फुटवल संघमा विधान अनुसार प्रमोद हमालको अध्यक्षतामा तदर्थ समिति गठन गर्ने निर्णय गरिएको छ ।
नयां सदस्यता थप गर्न अनुरोध अनुसार कपिलबस्तु जिल्ला फुटबल संघ तिलक थापाको अध्यक्षतामा तदर्थ समिति गठन गरी आगामी संघका साधारण सभाबाट अनुमोदन गर्ने निर्णय गरिएको छ ।एन्फाका महासचिव किरण राईको पारिश्रमिक २,००० अमेरिकी डलर कायम गरिएको छ । यो प्रस्ताव बहुमतबाट पास भएको बुझिएको छ ।

महिला तथा पुरुष राष्ट्रिय टिमका फुटबल खेलाडीहरुलाई मासिक भत्ता बापत जनही रु.३०,०००, फिफा रेफ्रिहरुलाई मासिक रु. २०,००० कायम गर्ने निर्णय गरिएको छ । राष्ट्रिय टिमका महिला तथा पुरुष खेलाडीहरुका साथै उमेर समूहका राष्ट्रिय खेलाडीहरु, रेफ्रिहरु, एन्फाका पदाधिकारीहरु तथा सचिवालयका कर्मचारीहरुको स्वास्थ्य बिमा गर्ने निर्णय गरियो । वर्तमान मुख्य प्रशिक्षकको सम्झौता अघि नबढाउने सहमतिभएसँगै पुरुष राष्ट्रिय फुटवल टिममा प्रो लाइसेन्सप्राप्त प्रशिक्षकको नियुक्ति प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ ।

महिला साफ च्याम्पियनसिप २०२४ फुटबल प्रतियोगिता काठमाण्डौको दशरथ रंगशालामा यहि अक्टोबर १७ देखि ३० सम्म संचालन गर्ने निर्णय गरिएको छ ।
अखिल नेपाल फुटबल संघले यसै बर्ष देखि आगामी तीन वर्ष सम्म देशव्यापी रुपमा ग्रासरुट कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । एन्फा महिला लिग २०८१ भाद्र १६ गते दशरथ रंगशलामा उद्घाटन गर्ने र सो प्रतियोगिताको संचालन गर्न सरीला श्रेष्ठ संयोजक रहेको समिति बनाइएको छ । सदस्यहरुमा सन्त थापा मगर र बृन्दा देवान रहेका छन् ।

कात्तिक १ बाट संचालन हुने एन्फा यु–१६ युथ लिगको बजेट १२,३६,३३० र २०८१ असार ३० बाट जारी भएको ललित स्मृति एन्फा यु–१८ युथ लिगको रु ६८,०९,७०० बजेट पारित गरिएको छ ।

त्यसैगरी कास्की जिल्ला माछापुच्छे गाउपालिकाको भेडाबारीको टेक्निकल सेन्टर र रौतहटको चन्द्रनिगाहपुरको महिला एकेडेमीमा कानुनी विवाद समाधानको लागि संघका वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्का संयोजक रहने गरि सहायक महासचिवद्धय दामोदर भट्टराई र अरुणमान जोशी र प्रवक्ता सुरेश शाह सदस्य रहने गरि कमिटि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्