जुलाईमा जापानको बेरोजगार दरमा सामान्य वृद्धि

<span class='c1'>जुलाईमा जापानको बेरोजगार</span> <span class='c2'>दरमा सामान्य वृद्धि</span>

टोकियो । जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाई महिनामा बढेको सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सञ्चार तथा आन्तरिक मामिला मन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २.७ प्रतिशत छ, जुन अघिल्लो महिना २.५ प्रतिशत थियो ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार रोजगारीको उपलब्धता अनुपात जुन महिनामा ०.०१ अङ्कले बढेर १.२४ पुगेको छ ।

तथ्याङ्कले काम खोज्ने प्रत्येक १०० जनाका लागि १२४ रोजगारी उपलब्ध रहेको सङ्केत गर्छ ।

विश्लेषकहरूले जुलाईमा रोजगारीको वातावरण बिग्रिएको औंल्याए, तर बेरोजगारहरूमा स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्दै गएको हुन सक्ने बताएका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्