पेरिस पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कास्य पदक

<span class='c1'>पेरिस पारा ओलम्पिकमा पलेशाले</span> <span class='c2'>जितिन् ऐतिहासिक कास्य पदक</span>

काठमाडौं । नेपालकी पलेशा गोवद्र्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेकी छिन् ।

के–४४ क्याटगोरीको महिला ५७ केजी मुनि तौल समुहमा शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालका लागि ओलम्पिक र पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् ।

पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक पनि बनेको छ । कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै नेपाललाई पदक दिलाइन् । पलेशाले रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी थिइन् । नेपालले सन् १९६४ को टोकियोमा पहिलो पटक समर ओलम्पिकमा सहभागिता जनाएको जनाएको ६ दशक सम्म पदक विहिनताको अवस्थालाई पलेशाले तोडेकी हुन् ।

उनै पलेशाले चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्