राष्ट्रपति जिते मुद्रास्फीति नियन्त्रण गर्दै देशलाई आर्थिक रूपमा सक्षम बनाउने ट्रम्पको घोषणा

<span class='c1'>राष्ट्रपति जिते मुद्रास्फीति नियन्त्रण गर्दै देशलाई</span> <span class='c2'>आर्थिक रूपमा सक्षम बनाउने ट्रम्पको घोषणा</span>

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सत्तामा आएमा मुद्रास्फीति नियन्त्रण गर्ने र देशलाई आर्थिक रूपमा सक्षम बनाउने घोषणा गरेका छन् ।

रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले पेन्सिल्भेनियामा एक सार्वजनिक ¥यालीलाई सम्बोधन गर्दै भ्रष्टाचार उन्मूलन गर्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दाबी गरे ।

¥यालीमा सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी मुद्रास्फीतिलाई पराजित गर्नेछौं र अमेरिकालाई फेरि किफायती बनाउनेछौं । सँगै सिमाना सुरक्षित गर्न, अन्तहीन विदेशी युद्धहरू अन्त्य गर्न, र अमेरिकाका श्रमिक जनताको सुरक्षा गर्न प्रतिबद्ध हुनेछौं ।’

यसैगरी उनले सरकारी भ्रष्टाचारलाई पराजित गर्न, अभिव्यक्ति स्वतन्त्रता पुनस्र्थापित गर्न आफ्नो ध्यान केन्द्रित हुने पनि बताए ।
आफ्नो भावी नीतिहरूबारे बोल्दै ट्रम्पले आफूले देशलाई विश्वको प्रमुख ऊर्जा उत्पादन गर्ने देश बनाउने दिशामा काम गर्ने र जनताको घरायसी बिल ५० प्रतिशतले घटाउने ऊर्जाको लागत घटाउने बताए । यसैगरी उनले अमेरिकामा जन्मदर बढाउने कुरालाई प्रोत्साहन गर्ने पनि बताए । ट्रम्पले ग्रीन न्यू डिल खारेज गर्ने र ती कोषहरू अमेरिकाको पूर्वाधारमा प्रयोग गर्ने वाचा पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्