भारतीय भलिबल टिमकी कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट खेल्ने

<span class='c1'>भारतीय भलिबल टिमकी कप्तान जिनी</span> <span class='c2'>कोभातले मधेश युनाइटेडबाट खेल्ने</span>

काठमाडौं । मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल)का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा भारतीय टोलीकी कप्तान एवं सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ ।

यो सँगै मधेश युनाइटेडले ईडब्लुभिएलका तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । मधेश तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ ।
मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिग हुन लागेको हो । आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा कभर्डहलमा हुने ईडब्लुभिएलका लागि मधेश युनाइटेड व्यग्र प्रतिक्षामा छ ।

विदेशी खेलाडी र नेपाली खेलाडीको मिश्रणपछि सन्तुलित टिम बनेको मधेश टिमले केही समयअघि काठमाडौं मै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन् । जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।

जिनीको अनुबन्धपछि मधेश युनाईटेडमा खेलाडी संख्या ११ पुगेको छ । नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र ३ विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्