विराटनगरमा १८ जना टेबल टेनिस अम्पायरलाई रिफ्रेसर तालिम

<span class='c1'>विराटनगरमा १८ जना टेबल</span> <span class='c2'>टेनिस अम्पायरलाई रिफ्रेसर तालिम</span>

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा विराटनगरमा एकदिने टेबल टेनिस अम्पायर रिफ्रेसर कोर्स सम्पन्न भएको छ। विराटनगर–७ स्थित टेबल टेनिस कभर्ड हलमा आयोजित उक्त तालिममा विराटनगर, इटहरी र धरानका गरी १८ जना निर्णायकहरूको सहभागिता रहेको थियो।

मंसिर ८ देखि १० गतेसम्म सञ्चालन हुने कोशी प्रदेशस्तरीय टेबल टेनिस छनोट प्रतियोगितालाई मध्यनजर गर्दै निर्णायकहरूलाई खेलका अद्यावधिक नियम तथा निर्णय प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिममा कोशी प्रदेशका आईटीटीएफ अन्तर्राष्ट्रिय निर्णायक विनोद शाक्य, राजेश भट्टराई तथा आईटीटीएफ कम्पिटिसन म्यानेजर एवं अन्तर्राष्ट्रिय निर्णायक बिकेन थापाले प्रशिक्षण दिएका थिए। तालिम कार्यक्रमका संयोजक तथा अखिल नेपाल टेबल टेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बाँनियाले यसबारे जानकारी दिएका हुन्।

कार्यक्रममा पूर्व राखेप वरिष्ठ टेबल टेनिस प्रशिक्षक ध्रुव क्षेत्री, कोशी प्रदेश टेबल टेनिस संघका पूर्व अध्यक्ष पंकज सापकोटा, सचिव सुमन दाहाल, मोरङ जिल्ला टेबल टेनिस संघकी उपाध्यक्ष गौरी मास्के, सचिव सत्यनारायण राजभण्डारी तथा पूर्व महिला राष्ट्रिय च्याम्पियन गीता मगरलगायतको उपस्थिति रहेको थियो।

यस तालिमले आगामी प्रदेशस्तरीय छनोट प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपमा सञ्चालन गर्न निर्णायकहरूको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्