सुनको मूल्यमा नयाँ रेकर्ड

<span class='c1'>सुनको मूल्यमा</span> <span class='c2'>नयाँ रेकर्ड</span>

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज हरितालिका तीजको दिनमा तोलामा एक हजार तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

लगातार चार दिनदेखि स्थिर रहँदै तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलाको एक लाख ५३ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको भदौ १३ गते अहिलेसम्मकै उच्च तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ ३० रुपैयाँ बढेको छ । बिहीबार एक हजार सात सय ६५ रुपैयाँ रहेको चाँदी आज तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्