-इशु पन्त
संसार सबै साँगुरो देखेकी छु
मलाई के धमिलो, के पानी
घरबाटै चित्कार गर्न सिकेकी छु
मलाई के रात, के घात
एकचोटी जानी नजानी
अन्जानमा रगतको सागर डुबेकी छु
मलाई के छुत, के अछूत
म त त्यही मलमको सहारामा बाँचिरहेकी छु
मलाई के पहिरो, के गहिरो
म त सत्यमै रमाइरहेकी छु
मलाई के डर, के कहर
म त त्यही लोकमा रमाइरहेकी छु
मलाई के रहर, के ठू-ठूला सहर