हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना

<span class='c1'>हेलिकप्टर दुर्घटना अपडेट : घाइते</span> <span class='c2'>काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना</span>

काठमाडौं । खोटाङको बालवेशीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौं ल्याइएको छ ।

विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त दुर्घटनामा १ जना यात्रु घाइते भएका थिए । घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत तत्काल उद्धार गरी उनीहरूलाई थप उपचारका लागि दिउँसो १२ः४२ बजे काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । अवतरणका क्रममा दुर्घटनामा परेको हेलिकप्टरले काठमाडौंबाट ६ जना सवार लिएर उडेको थियो । उक्त हेलिकप्टर बुधबार बिहान ११ः०९ बजे अवतरण गर्ने क्रममा असन्तुलित भई जमिनमा पल्टिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, कल साइन एन–एएफक्यु रहेको उक्त हेलिकप्टर काठमाडौंबाट ५ जना यात्रु र १ जना पाइलट गरी कुल ६ जना लिएर खोटाङको बालवेशी (खानिडाँडाबाट १७ किलोमिटर उत्तर–पूर्व) का लागि उडेको थियो ।

खोज तथा उद्धार समन्वय केन्द्रले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ। हेलिकप्टर अवतरणका क्रममा किन असन्तुलित भयो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्