जातीय भेदभाव अन्त्यका लागि राज्यको संवेदनशीलता अझै कमजोर : अध्यक्ष विश्वकर्मा

<span class='c1'>जातीय भेदभाव अन्त्यका लागि राज्यको संवेदनशीलता</span> <span class='c2'>अझै कमजोर : अध्यक्ष विश्वकर्मा</span>

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय भेदभाव अन्त्यका लागि राज्यको संवेदनशीलता अझै कमजोर रहेको बताएका छन् । बुधबार काठमाडौंमा जातीय भेदभाव उन्मुलन अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बहिष्करणको समस्या अत्यन्तै विकराल र त्रासपूर्ण रहेको उल्लेख गरे ।

अध्यक्ष विश्वकर्माले यस्तो अवस्था राजधानीमै देखिँदा ग्रामीण क्षेत्रमा दलित समुदायले झन कस्तो पीडा भोगिरहेका होलान् भन्दै प्रश्न उठाए । उनले भने,‘बहिष्करणको महाभारत यस्तो विकराल छ । कि त्यो त्रासपूर्ण छ । त्यसको आतंकले देशलाई भष्म पारिराखेको छ । कुनै आयोगको अध्यक्ष मन्त्रालय आउने कुरा भयो भने सचिव तल गेटमा ‘जि’ हजुरी गर्न पुग्नुहुन्छ । तर म दलित आयोगको अध्यक्ष त्यहाँ जादा किरा फट्याङग्रा आएको होकी कुकुर बिरालो आएको हो जस्तो व्यवहार सचिवको देखिन्छ । त्यसैले गाउँमा झन कस्तो होला ,जनताको भोगाई कस्तो होला ।’ उनले नेपालको अर्थतन्त्र कृषिमा आधारित भए पनि अत्यन्त कमजोर र कुपोषित अवस्थामै रहेको टिप्पणी गरे । ‘नेपालको अर्थतन्त्र कृषिमा आश्रित छ भनेर हामी भन्छौं । तर त्यो अर्थतन्त्र ख्याउटे अर्थतन्त्र छ । त्यो एकदम कुपोषित अवस्थामा छ । त्यो अर्थतन्त्रले नेपाली जनताको कल्याण गर्न सकेको छैन । त्यो अर्थतन्त्रलाई हामीले सुधार गर्न सकेनौं भने वास्तबमा देश विकास हुन सक्दैन।’उनले भने ।

त्यस्तै, उनले बहिष्करणको विषयमा व्यापक छलफल आवश्यक रहेको भन्दै सिंहदरबारमै यसबारे पर्याप्त चासो नदिइएको गुनासो गरे। उनले भने,‘बहिष्करणको महाभारतको विषयमा जति धेरै छलफल गछौं त्यति यो विषयलाई निराकरणको बाटोमा जान सक्छौं। तर हाम्रो सिंहदरबार बनेको शासन सत्ता गर्ने ठाउँ त्यो सिंहदरबार छलफल गर्न चाहादैन ।वडा अध्यक्ष दलितहरुको विषयमा हुने कार्यक्रममा आउन मान्दैनन् यस्तो स्थिति छ ।’ यद्यपी ,अहिले नयाँ युवाहरुले भने जागरणको बत्ति बालिरहेको उनको भनाई छ । हामीहरुले प्रयास गरेपछि यो समस्याबाट उन्मुक्ति हुन सक्ने परिस्थितिबाट निर्माण हुन्छ भन्ने चेत युवाहरुमा आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्