-सविना श्रेष्ठ
मुक्तक-१
नजिक आउनै पर्दैन भो तिमीलाई टाढैबाट चिनिसके
सहि केहो गलत केहो नसम्झाउ म आफै हिँडिसके
आँसु र पिडा दिने टाढाको मान्छे चाहिदैन महोदय
प्यासमा पनि आँसु पिउँदै जिउँन मैले नि सिकिसके।।
मुक्तक-२
तिम्रो काखमा पीडा बिसाउँदै ठूलो सास फेर्न मनछ
एकैछिन भएपनी अंगालोमा बेस्सरी बेर्न मनछ।
मुटु आधा काटेर दिन्छु त भन्यौ नि तिमीले प्रिय
मेरो लास देखेर कति रुँन्छौ एकपटक हेर्न मनछ।।
मुक्तक-३
ढुक ढुकी भएको मुटु थाप तिमीलाइ दिन मनछ
कति रुन्छौ हेर्न एकपटक मरेर ब्युझिन मनछ।
ज्यानै दिन्छु तिम्रा लागि भन्दै त हिड्छौ यार
चितामाथी निधाएको प्यासी आँसु पिउन मनछ।
विराटनगर-१२