चीनको हाइनानमा ‘सुपर टाइफुन यागी’का कारण जनजीवन प्रभावित

<span class='c1'>चीनको हाइनानमा ‘सुपर टाइफुन</span> <span class='c2'>यागी’का कारण जनजीवन प्रभावित</span>

काठमाडौं । चीनको हाइनानमा ‘सुपर टाइफुन यागी’ नामको चक्रवातले त्यहाँको जनजीवन प्रभावित भएको छ ।

चीनको दक्षिण क्षेत्रमा पर्ने उक्त टापु प्रान्तमा चक्रवातपछि आएको भारी वर्षा र हुरीका कारण जनजीवन प्रभावित भएको हो ।

वर्षा र आँधीका कारण ८९ वटा सडक अवरुद्ध भएका छन् । ति सडकहरु खुलाउनेक्रम जारी राखिएको छ । प्रवाभित क्षेत्रमा रेल सेवाहरू पनि अवरुद्ध भएका थिए । यागीको कारण हाइकोउ माइलान अन्तर्राष्ट्रिय विमानस्थल आइतबारसम्म बन्द रहने जनाइएको छ । सान्याको फिनिक्स अन्तर्राष्ट्रिय विमानस्थलले भने सुचारु भएको छ ।

उक्त यागी भियतनामतर्फ मोडिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । भारी वर्षा र हुरीका कारण कम्तीमा दुई जनाको मृत्यु तथा ९२ जना घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्