फ्राटेसी र केनको गोलमा इटालीको लगातार दोस्रो जित

<span class='c1'>फ्राटेसी र केनको गोलमा</span> <span class='c2'>इटालीको लगातार दोस्रो जित</span>

काठमाडौं । युइएएफए नेसन्स लिग फुटबलमा इटालीले लगातार दोस्रो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा इजरायललाई २–१ गोल अन्तर पराजित गर्दै इटालीले दोस्रो जित निकालेको हो ।

इटालीको जीतमा डेभिड फ्राटेसी र मोइस केनले एक एक गोल गर्दा इजरायलको तर्फबाट मोहमद अबु फानीले एक गोल फर्काएका थिए ।
पाहुना टोली इटालीले ३८ औं मिनेटमा फेडरिको डिमार्कोको पासमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा मोइस केनले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । ९० औं मिनेटमा इजरायलका लागि राज सोल्मोको पासमा मोहमद अबु फानीले एक गोल फर्काए पनि अन्ततः इटाली २–१ को नतिजा निकालन सफल भयो ।

पहिलो खेलमा फ्रान्सलाई पराजित गरेको इटालीको समूह २ मा लगातार दोस्रो जीतका साथ ६ अंक भएको छ । इटाली अहिले तालिकाको शीर्ष स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्