अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने

<span class='c1'>अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम</span> <span class='c2'>उमेर निर्धारण गर्ने कानुन बनाउने</span>

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताउनुभएको छ ।

आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उद्देश्यले यस्तो कानुन बनाउन खोजिएको प्रधानमन्त्री अल्बानिजले भन्नुभयो ।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उहाँले भन्नुभयो “हामी बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने छौं ।”

उहाँले भन्नुभयो “अधिकांश आमाबाबुले मलाई सामाजिक सञ्जाल प्रयोग गर्न आफ्ना बच्चाहरूको उमेर कति हुनुपर्छ भन्ने प्रश्न गर्दछन् । हामी संसदमा सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्महरूका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन पेश गर्नेछौँ ।’’

गत वर्ष अगस्ट २१ मा, मिशिगन स्वास्थ्य विश्वविद्यालय आयोजित ‘सी.एस मोट चिल्ड्रेन हस्पिटल्स नेसनल पोल अन चिल्ड्रेन हेल्थ’ मा भाग लिएका आधाभन्दा बढी अभिभावकले आफ्नो बच्चाको मानसिक स्वास्थ्य शीर्ष स्वास्थ्य चिन्ताको विषय रहेको बताएका छन् ।

“आमाबाबुले अझै पनि शारीरिक स्वास्थ्यलाई प्रत्यक्ष रूपमा असर गर्ने समस्या जस्तै अस्वास्थ्यकर खाना र मोटोपनालाई बच्चाहरूको प्रमुख स्वास्थ्य समस्याहरूका रूपमा हेर्ने गरेका छन् । तर अहिलेको समयमा अधिकतम सामाजिक सञ्जाल र डिजिटल उपकरणको प्रयोगले निम्त्याएको मानसिक स्वास्थ्यको चिन्ताले यसलाई उछिन्दै गएको छ”, मोट पोलका सह–निर्देशक र मोट बालरोग विशेषज्ञ सुसान वुलफोर्डले भन्नुभयो ।

“बालबालिकाले कम उमेरमै डिजिटल उपकरण र सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् र आमाबाबुले सुरक्षा, आत्मसम्मान, सामाजिक सम्बन्ध आदी क्षेत्रमा पर्ने नकारात्मक प्रभावहरू रोक्न कसरी उचित निगरानी गर्ने भनेर सङ्घर्ष गरिरहेका छन्”, बालरोग विशेषज्ञ वुलफोर्डले भन्नुभयो । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्