चीनले निर्माण गरिरहेको पुल विश्वकै लामो भएको दाबी

<span class='c1'>चीनले निर्माण गरिरहेको पुल</span> <span class='c2'>विश्वकै लामो भएको दाबी</span>

एजेन्सी । चीनले भौतिक पूर्वाधार विकासमा चमत्कारिक फड्को मारिरहेको छ ।

यसै सिलसिलामा पूर्वी चीनको जिआङ्सु प्रान्तको चाङ्झाउ र ताइझोउलाई जोड्ने चाङ्ताई याङ्त्जे नदीको पुल संसारकै लामो भएको दाबी गरिएको छ ।

पुल निर्माण गरिरहेका इन्जिनियरहरूले पुलको १२०८ मिटर लामो केबल खण्ड संसारकै सबैभन्दा लामो भएको दाबी गरेका छन् । पुल निर्माणमा ठूलो चुनौतिहरु मोलेका बताएका छन् । चाङ्ताई याङ्त्जे नदीको पुल केबल–स्टेड ब्रिज, दुई आर्क ब्रिज र एक बीम ब्रिज मिलेर बनेको छ। मुख्य पुलको ताइझोउ र चाङ्झाउ छेउमा रहेका दुईवटा आर्क पुलहरू प्रत्येक ३८८ मिटर लामो छन्।

पुलको निर्माण सन् २०१९ मा सुरु भएको थियो र आगामी अप्रिलको अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।-सीसीटिभीप्लस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्