विराटनगरको गुद्रीमा कहाँबाट आउछ अधिकाँश तरकारी ? के भन्छन थोक बिक्रेता

<span class='c1'>विराटनगरको गुद्रीमा कहाँबाट आउछ अधिकाँश तरकारी</span> <span class='c2'>? के भन्छन थोक बिक्रेता</span>

इन्दु साह
विराटनगर । विराटनगरका बजारमा बिक्री हुने हरियो तरकारीको स्रोत बारे थोक र खुद्रा व्यापारीबीच फरक मत रहेको पाइएको छ। तरकारीका थोक बिक्रेताले अधिकांश तरकारी नेपालकै विभिन्न स्थानबाट आउने गरेको बताएका छन्, जबकी खुद्रा बिक्रेताले भने केही तरकारी भारतबाट समेत आउने गरेको दाबी गरेका छन्।

विराटनगरको सब्जी मण्डी तथा तरकारीको थोक तथा खुद्रा बिक्री केन्द्र (नयाँ गुद्री)जुन शहरको मुख्य तरकारी बजार मानिन्छ । यहाँका व्यापारीहरूका अनुसार बिक्री हुने तरकारीहरू देवानगञ्ज, नयाँबजार, धनकुटा, ताप्लेजुङ, इलाम, मकवानपुर (पालुङ) र मोरङ जिल्लाका विभिन्न स्थानबाट आउने गर्दछन्। बिक्री हुने तरकारीमा इस्कुस, इस्कुसको साग, काँक्रा, निगुरो, भिण्डी, घिरौंला, मटर, भान्टा, बोडी, लौका, काँचो केरा, रायो साग, बन्दा कोबी, फूलकोबी, करेला, चटेल, मूला, गाँजर, परवल, धनियाँको पात, हरियो खुर्सानी, क्याप्सिकम र जरे सिमी लगायत रहेका छन्।

२५ वर्षदेखि तरकारीको थोक व्यापार गर्दै आएका ४९ वर्षीय अशोक मेहताले आफूले बेच्ने हरियो तरकारी नेपालका विभिन्न स्थानबाट ल्याउने गरेको र भारतबाट नल्याउने बताए। त्यसैगरी नयाँ गुद्रीका गौरीशंकर ट्रेडिङका व्यापारी गौरीशंकर भगतले पनि आफूले बेच्ने कोबी, मूला, साग, काँक्रा, पहाडे काँक्रा, खुर्सानी, कागती लगायतका तरकारी नेपालकै विभिन्न जिल्लाबाट ल्याउने गरेको दाबी गरे ।

यद्यपी केही उपभोक्ताहरूले भने विराटनगरका बजारमा बिक्री हुने केही तरकारी भारतबाट समेत आउने गरेको दाबी गरेका छन्। यस विषयमा व्यापारी र उपभोक्ताबीच मतभेद देखिएको छ।

विराटनगरका बजारमा बिक्री हुने तरकारीको स्रोत मुख्यतयाः नेपालका विभिन्न क्षेत्रहरू रहेको देखिन्छ तर केही तरकारी भारतबाट आउने सम्भावना पनि रहेको उपभोक्ताहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्