-ऋषि तिवारी
बिथोलिएको छ देशको परिस्थिति काल । समाज डराएको छ । शान्ति सुशासन कायम छैन् । दिन दाहाडै बलात्कार,हत्या जघन्य अपराध । कसैले भाला लाठी बोक्छन् । उनीहरु भाला लाठीको सिपाही भएका छन् । प्रहरीले बन्दुक बोक्छन् । उनीहरु बन्दुक सिपाही भएका छन् । कोही तरवार बोक्छन् । तरवार सिपाही भएका छन् । कोही ढुंगा मुढा गर्छन् ती पनि सिपाही भएका छन् । 'के यी देशकै लागि यी सबै सिपाही भएका हुन् त ?'
कसैले उचाल्यो मलाई ! 'ओइ आज हिड जाऊ आन्दोलनमा भाग लिन ।' आन्दोलन भनेपछि मलाई रीस उठ्थ्यो र भन्थें । 'के का लागि आन्दोलन ?' म आन्दोलनमा भाग लिदिनँ । सिङ्गो देश मेरो समाज हो ।
उनीहरुको हातमा गुलेली र मट्याङ्ग्रा थिए । मलाई धकल्दै अघि बढे । चर्को आवाज सहित कसैको बिपक्ष र कसैको पक्षमा नारा जुलुस गर्दै थिए । मैंले तिनीहरुलाई गुलेली सिपाही भन्दिएँ ।
म मेरो देश प्रति साँचो माया गर्ने एउटा कलम बोक्ने सिपाही भएको छु । म आन्दोलनकारीको छेउछाउबाट सड्क किनारमा उभिएको छु । हेर्छु भन्छु । 'भो, भो मलाई आन्दोलनमा भाग लिनु छैन् । म एक कलम बोक्ने सिपाही भएको छु ।'
भागदौड भो । जसले भनेको थियो, मलाई, 'ओइ आन्दोलनमा भाग लिन हिड् ।' उही टाउको फुटाएर मेरो अघि लडेको थियो ।
मैंले टाउकोमा हात राखेर, उसको रगत थमाउन खोजें । उसले मेरो भेष्टमा सिउरिएको कलम देख्यो । र, भन्यो, 'दाइ ! तपाइँ त साँच्चिकै कलम सिपाही हुनु हुँदो रहेछ ।'
विराटनगर-६, ममता-मार्ग ।