नेपाल प्रिमियर लिगको मार्की प्लेयर छनोट: सन्दीप लामिछाने विराटनगरमा

<span class='c1'>नेपाल प्रिमियर लिगको मार्की प्लेयर</span> <span class='c2'>छनोट: सन्दीप लामिछाने विराटनगरमा</span>

काठमाडौं । नेपाल प्रिमियर लिगका मार्की प्लेयर छनोट भएका छन् ।

शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच लिगमा सहभागी आठ टिमले मार्की प्लेयर छनोट गरेका हुन् ।

‘लक्की ड्र’मार्फत भएको छनोटमा टिम काठमाडौंमा करण केसी, टिम पोखरामा कुशल भुर्तेल, टिम चिवतनमा कुशल मल्ल परेका छन् ।
यस्तै, टिम विराटनगरमा सन्दीप लामिछाने, टिम लुम्बिनीमा रोहित पौडेल, टिम जनकपुरमा आशिफ शेख, टिम कर्णालीमा सोमपाल कामी र टिम सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी चयन भएका छन् ।

एउटा मार्की खेलाडीले तीन वर्ष खेल्नुपर्ने हुन्छ । मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसका लागि उसले क्यानसँग समन्वय गर्नुपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्